Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल फुटबल स्टेडियमको काम ठप्प, सुचारु गर्न नगरपालिकाको निर्देशन

    दिक्तेल फुटबल स्टेडियमको काम ठप्प, सुचारु गर्न नगरपालिकाको निर्देशन


    • शनिवार, चैत्र १८ २०७९

    • नेपाल वाइड


    दिक्तेल फुटबल स्टेडियमको काम ठप्प, सुचारु गर्न नगरपालिकाको निर्देशन
    माटिकोरेमा निर्माणाधिन दिक्तेल फुटबल स्टेडियम । तस्बिर: खोटाङ फुटबल एकेडेमीको फेसबुक पेजबाट साभार

    खोटाङ, १८ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ माटिकोरेमा निर्माणाधिन दिक्तेल फुटबल स्टेडियमको काम रोकिएको छ । रंगशाला निर्माणको ठेक्का लिएको आशिरबाद–मोहन एण्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले ढेड महिनादेखि काम नगरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    सदरमुकामको रुपमा रहेको दिक्तेलबजारको एक मात्र माटिकोरे खेल मैदानलाई रंगशालाको रुप दिनेगरी काम सुरु गरिएको थियो । रंगशालाको काम गर्दागर्दै ठेकेदारले काम रोकेको हो ।

    योजनाको सम्झौता बमोजिम पहिलो किस्ता मोबिलाइजेसन पेश्की भुक्तानी भइसकेको तर निर्माण कार्य सुरु नभएको भन्दै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा बिश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ ।

    आगामी २०८१ बैसाख २९ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७९ असार २९ गते सम्झौता गरिएको रंगशाला निर्माणको क्रममा दुई करोड ९६ लाख ४१ हजार ४९५ रुपैयाँ खर्च हुनेछ ।

    यसैबीच, नगरपालिकाले रंगशालाको अवरुद्ध काम सुरु गर्न नसक्नुको कारण सहित सम्झौता अनुसार निर्माण कार्य सुचारु गर्नेदेखि सम्पन्न गर्नेसम्मको कार्य तालिका पेश गर्न ठेकेदारलाई पत्राचार गरेको छ ।

    प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलले पठाएको पत्रमा समयमै निर्माण कार्य सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ । नगरपालिकाले निर्माण सम्वन्धीको मासिक प्रगती विवरण पेश गर्न भनेको छ ।

    सम्बन्धित समाचार