सोमवार, चैत्र २० २०७९
नेपाल वाइड
खोटाङ, २० चैत । खोटाङमा अर्काको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा एक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी मावि परिक्षा केन्द्रबाट अर्कैको परीक्षा दिइरहेको अवस्थामा सोमबार सोही ठाउँका २१ वर्षीय राम राई पक्राउ परेका हुन् ।
वास्तरिक परिक्षार्थी श्यामराज राईको नाममा परीक्षा दिइरहेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिक्षा बिकास तथा समन्वय इकाई भने नक्कली परिक्षार्थी पक्राउको विषयमा बेखबर देखिएका छन् ।