शुक्रवार, चैत्र २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ चैत । औषधि व्यवस्था बिभाग शाखा कार्यालय विराटनगरले खोटाङका तीन औषधि पसल शिलबन्दी गरेको छ । दिक्तेलबजारमा दर्ता नगरी सञ्चालन भइरहेको अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यू हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसीलाई शिलबन्दी गरेको हो ।
बिहिबार गरिएको अनुगमनका क्रममा दिक्तेलका दर्जनौं औषधि पसलमध्ये तीन औषधि पशल बिना दर्ता सञ्चालन भइरहेको पाइएपछि ताला लगाइएको औषधि व्यवस्था बिभागका नासु हरिश सुबेदीले बताए । आवश्यक कागजात सहित दर्ता गरेपछि मात्र औषधि पसलको शिलबन्दी खोलिने बिभागले जनाएको छ ।


