Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कः शिक्षकको तलव सिधै खातामा जम्मा गर्ने व्यवस्था

    ऐसेलुखर्कः शिक्षकको तलव सिधै खातामा जम्मा गर्ने व्यवस्था


    • सोमवार, बैशाख ४ २०८०

    • नेपाल वाइड


    ऐसेलुखर्कः शिक्षकको तलव सिधै खातामा जम्मा गर्ने व्यवस्था
    ऐसेलुखर्क गाउँपालिका खोटाङ ।

    खोटाङ, ४ बैसाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलव सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ । यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलव जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो ।

    तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि गत माघदेखि ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए । तलवी बिवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐसेलुखर्क गाउँपालिका र इलामको सुर्योद्धय नगरपालिका मात्र रहेको दावी गरिएको छ ।

    यसअघि शिक्षकको तलव सम्वन्धित विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्वन्धित शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो । तलवका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय प्रअले भनेकोबेला शिक्षकको तलव जम्मा नगरिदिने समस्या हल गर्नका लागि सिधै शिक्षकको खातामा तलव निकासा दिन थालिएको हो । गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन् ।

    गाउँपालिकाले सिधै शिक्षकको खातामा तलव जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए । ‘छिटो र छरितो काम हुन्छ ।

    शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ । कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ,’ आचार्यले भने, ‘कतिपय प्रअले चार/पाँच दिनसम्म शिक्षकलाई तलव दिएन भन्ने गुनासो सुनिन्थ्यो । अव तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन । त्यो समयलाई प्रअले पनि पठन–पाठनमा उपयोग गर्न सक्नुहुन्छ ।’

    २०७६ सालदेखि ‘सूत्र’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी ९इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर० कार्यान्वयनमा ल्याएको जनाएको छ । चेकलाई विस्थापित गर्दै ‘रियल टाईम, रियल एक्स्पेन्डीचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए ।

    सम्बन्धित समाचार