Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीका बिरामीलाई केएमसीमा ५० प्रतिशत छुट दिने सम्झौता

    केपिलासगढीका बिरामीलाई केएमसीमा ५० प्रतिशत छुट दिने सम्झौता


    • सोमवार, बैशाख ४ २०८०

    • नेपाल वाइड


    केपिलासगढीका बिरामीलाई केएमसीमा ५० प्रतिशत छुट दिने सम्झौता
    केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाण्डौ मेडिकल कलेज ९केएमसी०मा उपचार गराउँदा छुट पाउने विषयमा संझौता गर्दै ।

    खोटाङ, ४ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाण्डौ मेडिकल कलेज (केएमसी)मा उपचार गराउँदा छुट पाउने भएका छन् ।

    केपिलासगढी गाउँपालिकाको आग्रहमा काठमाण्डौ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो ।

    काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा केपिलासगढी गाउँपालिकाले बाक्सिलामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिर उद्घाटनका क्रममा अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नाायणप्रसाद दाहाल तथा गाउँपालिका अध्यक्ष समिर राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुट लगायतका सात बुँदे सम्झौता भएको हो ।

    गाउँपालिका र केएमसी अस्पतालबीचमा बहिरङ विभागमा जाँच गराउँदा २५ प्रतिशत र भर्ना भएर उपचार गराउने बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराउने सहमती भएको छ ।

    गाउँपालिकाको सिफारिसमा केएमसीमा उपचारका लागि पुग्ने बिरामीलाई एमआरआई, सीटी स्क्यान, शल्यक्रिया सहितमा छुटको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    अति विपन्न परिवारका बिरामी उपचारका लागि केएमसी पुगेको अवस्थामा दुबै पक्षले आपसी छलफल गरी शतप्रतिशतसम्म छुटको व्यवस्था मिलाउने सम्झौता–पत्रमा उल्लेख छ ।

    गाउँपालिका र केएमसी अस्पतालबीचको सम्झौता आगामी २०८० चैत मसान्तसम्म कायम रहने छ । गाउँपालिकाको सिफारिसमा उपचारमा पुग्ने बिरामीको उपचारमा अस्पतालले विशेष ध्यान दिइ उपचार सेवा प्रदान गर्ने तर औषधि, औषधिजन्य सामग्री, इम्प्लान्ट, स्टेण्ट, पेसमेकर जस्ता सामानमा छुट नहुने सम्झौता गरिएको छ ।

    सम्बन्धित समाचार