Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गायक तथा संगीतकार जिम्बाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    गायक तथा संगीतकार जिम्बाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)


    • सोमवार, बैशाख ४ २०८०

    • नेपाल वाइड


    गायक तथा संगीतकार जिम्बाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    खोटाङ, ४ बैसाख । खोटाङका गायक तथा संगीतकार पृथी जिम्बाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । साकेला गाउँपालिका–३ खिदिमा घर भइ हाल यूके रहेका गायक तथा संगीतकार जिम्बाको ‘राजाको भैंसी तीनथुने’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

    पाँच मिनेट ४९ सेकेण्डको म्यूजिक भिडियो सोमबार ओएसआर डिजिटल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शव्द र संगीत रहेको गीतमा स्वयं गायक जिम्बा र गायीका सुनिता थेगिमको स्वर रहेको छ ।

    jimba.jpg

    गायक तथा संगीतकार पृथी जिम्बा ।

    म्यूजिक भिडियोमा कलाकार निरञ्जली लामा, बिश्वबिचित्र तामाङ लगायतको अभिनय हेर्न सकिन्छ । म्यूजिक भिडियोको डाइरेक्टर/कोरियोग्राफर केशवराज भाट तथा एरेञ्जर देबेस राई छन् ।

    प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्स/मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका छन् । मोफसलमा बसेर संगीत साधनामा छुट्टै परिचय बनाएका जिम्बाको यसअघि २०७३ सालमा ‘यस्तै रैछ जिन्दगानी’ बोलको गीत नेपाली सांगीतिक क्षेत्रमा आएको थियो ।

    पेशाले शिक्षक जिम्बाको ‘यो देशमा एउटा आन्दोलन चाहिन्छ’ बोलको गीत चर्चित छ । गायक तथा संगीतकार जिम्बा शिक्षण सेवाबाट असाधारण विदामा यूके पुगेका हुन् । एकल लोक आधुनिक गिती एल्बम ‘शुसाङ’ बजारमा ल्याइसकेका गायक जिम्बाले हालसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर दिइसकेका छन् ।

     

    सम्बन्धित समाचार