Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ गाउँपालिका तारा सिजन–२ : फाइनल चरणका लागि १६ प्रतियोगी छानिए

    दिप्रुङ गाउँपालिका तारा सिजन–२ : फाइनल चरणका लागि १६ प्रतियोगी छानिए


    • शनिवार, बैशाख ९ २०८०

    • नेपाल वाइड


    दिप्रुङ गाउँपालिका तारा सिजन–२ :  फाइनल चरणका लागि १६ प्रतियोगी छानिए
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा आयोजित ‘गाउँपालिका तारा सिजन–२’ कार्यक्रममा प्रस्तृति दिदै कलाकार ।

    खोटाङ, ९ बैसाख । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको ‘गाउँपालिका तारा सिजन–२’ को फाइनल चरणका लागि १६ प्रतियोगी छानिएका छन् । शनिबार याङसोलाटारमा सम्पन्न अडिसन राउण्डबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२ को १६ प्रतियोगी छानिएका हुन् ।

    खोटाङ कलाकार समाजको संयोजनमा आयोजना गरिएको गायन प्रतियोगीताको छनौट चरणमा ३९ जनाले अडिसन दिएकामा १६ जना फाइनल चरणमा प्रवेश गर्न सफल भएको गाउँपालिकाका सुचना अधिकारी पिएस्पी चाम्लिङले जानकारी दिए ।

    प्रतियोगीमध्ये संग्राम राई, प्रदिप राई, देउराज राई, रमेश खड्का, रेशम भुजेल, भुपेन्द्र मगर, सुवाश मगर, योजन मगर, रामबाबु मगर, दिलिप राई, बबिना राई, दिब्यप्रताप, ज्ञान्दिप राई, ज्ञानदिप परियार, तुलश राई र भबिन्द्र राई ‘गाउँपालिका तारा सिजन–२’ को फाइनलमा पुगेका छन् ।

    आइतबार गायीका मेलिना राई लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथमा फाइनल राउण्ड सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

    fgss.jpg

    ‘गाउँपालिका तारा सिजन–२’ का प्रतियोगीहरुलाई प्रोत्साहित गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राई ।

    ‘गाउँपालिका तारा सिजन–२’मा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतिभाले क्रमशः एक लाख, ६० हजार र ३५ हजारका साथमा ट्रफी पाउने छन् । गाउँपालिका ताराले नगद सँगै एउटा गीत रेकर्ड गराउने अवशर पाउने छन् ।

    गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी गर्दै त्यी प्रतिभा प्रष्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका स्टारको आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    प्रतियोगीताको फाईनल अडिसन समापन लगत्तै पुरस्कार वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘गाउँपालिका तारा सिजन–१’ २०७६ सालमा सञ्चालन गरिएको थियो ।

    यसैबीच, ‘गाउँपालिका तारा सिजन–२’कै बीचमा खोटाङ कलाकार समाजले नृत्य प्रतियोगीता आयोजना गरेको छ । नृत्यतर्फ सहभागी १३ जनामध्ये ६ जना फाइनल चरणका लागि छनौट भएका छन् । मनिता राई, मेरिना मगर, अल्बिना तामाङ, कुशुम तामाङ, सपना तामाङ र निरज राई फाइनल प्रवेश गरेको आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार