Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खेलाडीलाई केपिलासगढीको नगद पुरस्कार

    खेलाडीलाई केपिलासगढीको नगद पुरस्कार


    • शनिवार, बैशाख ९ २०८०

    • नेपाल वाइड


    खेलाडीलाई केपिलासगढीको नगद पुरस्कार
    खेलाडीलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदानपछि तस्बिर खिचाउदै पालिका अध्यक्ष समिर राई, वडाअध्यक्ष एबम पालिकाका कर्मचारी र खेलाडीहरुलगायत ।

    खोटाङ, ९ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ । गत चैत २८ गतेदेखि बैसाख १ गतेसम्म दिक्तेलमा आयोजित जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका २५ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो ।

    गाउँपालिकाले खेलाडीलाई जनही पाँच हजार र सम्मान–पत्र प्रदान गरेको छ । खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद सहयोग गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । राष्ट्रपति रनिङमा १६ स्वर्ण, १० रजत र १३ कास्य पदक सहित केपिलासगढी गाउँपालिका टिम प्रथम भएको थियो ।

    सम्बन्धित समाचार