Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वर्गीय इमानसिं राईको प्रतिमा अनावरण

    दिक्तेल इंसिल सेकेण्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव मनाइदै

    दिक्तेल इंसिल सेकेण्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव मनाइदै


    • मंगलवार, बैशाख १२ २०८०

    • नेपाल वाइड


    दिक्तेल इंसिल सेकेण्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव मनाइदै
    दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ३१ औं वार्षिकोत्सव उद्धघाटन कार्यक्रम ।

    खोटाङ, १२ बैसाख । खोटाङको दिक्तेलस्थित दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ३१ औं वार्षिकोत्सव मनाउन सुरु गरेको छ । २०४८ सालमा दिक्तेलको माटिकोरेमा स्थापना गरिएको बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउन सुरु गरेको हो ।

    तीन दिनसम्म मनाइने बार्षिकोत्सवको पहिलो दिन विद्यालयका संस्थापक प्रिन्सिपल तथा समाजसेवी इमानसिं राईको प्रतिमा अनावरण, विद्यालयको प्याराफिट उद्घाटन, संगीत कक्षा उद्घाटन, स्मारिका विमोचन लगायतका कार्यक्रम गरिएको छ ।

    संस्थापक प्रिन्सिपल राईको प्रतिमा अनावरण

    विद्यालय परिषरमा विद्यालयका संस्थापक प्रिन्सिपल तथा समाजसेवी स्वर्गीय इमानसिं राईको प्रतिमा अनावरण गरिएको छ । धातुबाट तयार पारिएको प्रतिमा प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले अनावरण गरेका हुन् ।

    नछुङ धनीराम राईले मुन्दुम रित गरेपछि प्रतिमा अनावरण गरिएको हो । विद्यालयले फाइवरबाट बनाइएको इमानसिंको अर्को प्रतिमा भने वडा कार्यालय बाम्राङलाई हस्तान्तरण गरेको छ ।

    aaann.jpg

    विद्यालय परिषरमा अनावरण गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल तथा समाजसेवी स्वर्गीय इमानसिं राईको प्रतिमा ।

    सोही कार्यक्रमको अवशरमा दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको प्याराफिट उद्घाटन गरिएको छ । खेलमैदानको भित्तामा करिब २६ लाखको खर्चमा बनाइएको प्याराफिट जिल्ला समन्वय समिति प्रमुख राईले उद्घाटन गरेका हुन् ।

    विद्यालयको आन्तरिक श्रोतबाट प्याराफिट तयार पारिएको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका भाइस–प्रिन्सिपल लालप्रसाद घिमिरेले बताए ।

    दिक्तेल इंलिस बोर्डिङ स्कुको संगीत कक्षा उद्घाटन

    दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको संगीत कक्षा पनि उद्घाटन गरिएको छ । गत वर्षदेखि नै संगीत कक्षा सुरु गरिएको विद्यालयमा औपचारिक रुपमा सो कक्षा उद्घाटन गरिएको हो ।

    कार्यक्रममा स्कुलका पुर्व–प्रिन्सिपल कृष्णबहादुर राईलाई सम्मान गरिएको छ । यस्तै, स्कुलका शिक्षक रामप्रसाद राई र शिक्षिका रेश्मा राजभण्डारीलाई दीर्घ सेवा तथा लेखापाल प्रबिण कार्कीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । कार्यालय सहयोगी इवनारायण श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा नगद पाँच हजारका साथमा प्रशंसा–पत्र प्रदान गरिएको छ ।

    यस्तै, शिक्षक/शिक्षिका असिम राई, बिनोद राई, ममता शंकर, पुष्पा राई, प्रमिला थापा, तारा खत्री, हेमकुमार राई र बानुका राईलाई सम्मान गरिएको छ । उत्कृष्ट अभिभावकका रुपमा नविन बानियाँ, रोशेष श्रेष्ठ, कुमार उपरकोटी, फुर्वादोर्जी शेर्पा, हेमकुमार राई, सम्झना राई, रेनुका लाफा मगर, बबिता राई, हरेराम श्रेष्ठ, सन्तोष राई, राजु श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।

    यस्तै, नर्सरीदेखि कक्षा १२ सम्मका उत्कृष्ट छात्र/छात्रालाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा छात्र/छात्राले सांगीतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए ।

    बुधबार अन्तर सदनात्मक चेस, लुँडो, म्यूजीकल चेयर, खो–खो, कक फाइट, पट ब्रिकिङ लगायतका खेलकुद प्रतियोगीता सञ्चालन गरिने भाइस–प्रिन्सिपल घिमिरेले बताए । बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्तरिय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीता, विभिन्न प्रस्तुतीका साथमा वार्षिकोत्सव समापन गर्ने तयारी गरिएको छ ।

    99.jpg

    7.jpg

    1.jpg

    2.jpg

    5.jpg

    6.jpg

    दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवका अबशर आयोजित कार्यक्रमका तस्बिरहरु ।

    सम्बन्धित समाचार