मंगलवार, बैशाख १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ बैसाख । राष्ट्रपति रनिङशिल्डको प्रदेशस्तरिय प्रतियोगीतामा खोटाङले करातेमा तीन स्वर्ण जितेको छ । सुनसरीमा सोमबार र मंगलबार भएको प्रदेशस्तरिय प्रतिष्पर्धामा करातेतर्फ कुमिते ५२ केजी तौल समुहमा सुर्यचन्द्र राई, ४७ केजी तौल समुहमा दिपेश राई र पुरुष एकलकाँतामा सुर्यचन्द्र राईले स्वर्ण पदक जितेका हुन् । प्रतियोगीतामा ४५ केजी तौल समुहमा आयुस्मा राईले कास्य पदक जितेकी छन् ।
यस्तै, उत्कृष्ट पुरुष खेलाडीको उपाधि सुर्यचन्द्र राईले पाएका छन् । पुरुषतर्फका चार पदकमध्ये तीन पदक जित्दै खोटाङ पुरुषतर्फ टिम प्रथम भएको कराते महासंघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए । जिल्लामा बजेट व्यवस्थापन र सहयोगमा खेलकुदलाई हेला गर्ने गरिए पनि खेलाडीले उत्कृष्ट नतिजा निकाल्दैआएका छन् ।