Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा मध्यपहाडी लोकमार्गमा चक्का जाम

    सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा मध्यपहाडी लोकमार्गमा चक्का जाम


    • आइतवार, बैशाख १७ २०८०

    • नेपाल वाइड


    सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा मध्यपहाडी लोकमार्गमा चक्का जाम
    महुरे–फोक्सिङटार सडक कालोपत्रेको अलपत्र पार्ने ठेकेदार बिरुद्ध खोटाङको महुरेमा गरिएको चक्का जाम ।

    खोटाङ, १७ बैसाख । सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्ती विरुद्ध खोटाङमा मध्यपहाडी लोकमार्ग चक्का जाम गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले आइतबार बिहान चक्का जाम गरेका छन् ।

    सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गराउनुपर्ने माग सहित प्रदेशसभा सांसद पाँचकर्ण राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप-मेयर विसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडानम्बर-१४ का वडाध्यक्ष दिनेश राई, स्थानीय तहका अन्य जनप्रतिनिधि एबं स्थानीयले मध्यपहाडी लोकमार्गको महुरे (नुनथला)मा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए ।

    ठेकेदार सडक कालोपत्रेको काम अलपत्र पारेर हिँडेको विरोधमा चक्का जाम गर्नुपरेको प्रदेशसभा सदस्य राईले बताए । चक्का जामका क्रममा ठेकेदार बिरुद्ध नाराबाजी गरिएको थियो । महुरे–फोक्सिङटार सडकलाई दुई खण्डमा विभाजन गरेर कालोपत्रे सुरु गरिएको थियो ।

    त्यसमध्ये महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धीशाही जेभी र सिमपानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।

    गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्सन/सिद्धीशाहीले माघ ४ गते क्रसरको सामान उठाएर हिँडेको थियो । भारत कन्ट्रक्सन–सिद्धीशाहीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

    सडक कालोपत्रेको काम छाडेर वेपत्ता भएका ठेकेदारलाई तत्काल निर्माणस्थलमा फर्काएर काम सुचारु गराउनका लागि दवाव स्वरुप चक्का जाम गरिएको प्रदेश सांसद राईले बताए ।

    “वेपत्ता बनेको ठेकेदार तुरुन्त काममा फर्कनुपर्‍यो । अलपत्र काम सुचारु गराउन पर्‍यो । असारसम्म म्याद छ । त्यो समयभित्र कालोपत्रेको काम सक्नुपर्‍यो,” राईले भने, “ठेकेदार बैसाखभित्र निर्माणस्थलमा नआए जेठ पहिलो सातादेखि अनिश्चितकालिन हड्ताल गर्नेछौँ ।

    यो त प्रतिकात्मक आन्दोलन मात्रै हो ।” सिद्धिशाही सम्वद्ध दिपेन्द्रबहादुर शाही कांग्रेस डोल्पा सभापति छन् । मैनाचुलीका मदन अधिकारीलाई एमालेमा पहुँच राख्ने ठेकेदारका रुपमा चिनिन्छ ।

    सम्बन्धित समाचार