Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    चिप्रिङ‌ : सातकन्या माविको ८ कोठे विद्यालय भवनको उद‌घाटन

    चिप्रिङ‌ : सातकन्या माविको ८ कोठे विद्यालय भवनको उद‌घाटन


    • सोमवार, बैशाख १८ २०८०

    • भीम राई


    चिप्रिङ‌ : सातकन्या माविको ८ कोठे विद्यालय भवनको उद‌घाटन
    विद्यालय भवनको उद‌घाटन कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष उदिम बहादुर राई । तस्बिर : भिम राई ।

    खोटाङ, १८ बैशाख । खोटेहाङ गाउँपालिका वडानम्बर-५ चिप्रिङ‌मा निर्माण प्रारम्भ भएको ७ वर्ष पछि ८ काेठे विद्यालय भवनको उद‌घाटन गरिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा निर्माण प्रारम्भ भएको भवनको गाउँपालिक अध्यक्ष उदिम बहादुर राईले सोमवार उद्‌घाटन गर्नु भएको हो ।

    विद्यालयको ६३ औं स्थापना दिवस‌को अवसर पारेर भवन उद्‌घाटन संगै वडा स्तरिय भलिवल प्रतियोगीताको पनि उद्‌घाटन भएको छ । २०१७ सालमा स्थापना भएको सप्तकन्या माध्यामिक विद्यालयको भवन शुरुवातपछि तीन जना प्रधानाध्यापक परिवर्तन भईसकेको विद्यालयका प्रधानाध्यापक हिरा बिष्ट ले जानकारी दिनु भयो ।

    तीन जना प्रअ फेरिदा पनि निर्माण कार्य नसकिएकाे विद्यालय थप ३० लाख रकम अपुग भएकाले ढिला भएको हो । तत्कालिन जिल्ला शिक्षा कार्यलयबाट अनुदान प्राप्त ६० लाख रुपैयाँ अनुदान रकम बाट निर्माण कार्य शुरु भएको भवनकाे सम्झौता प्रअ ईच्छा बहादुर राईले गर्नु भएकाे थियाे । त्यसपछि वर्तमान वडा अध्यक्ष किरण राई प्रअ हुदाँ शुरु भएकाे भवन हाल हिरा विष्टको कार्यकालमा सम्पन्न भएको छ ।

    भवन उद्‌घाटन तथा बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रम‌मा शिक्षा क्षेत्रको सुधारको लागी गाउँपालिका प्रतिवद्ध रहेको पालिका अध्यक्ष उदिम बहादुर राइले बताउनु भएको छ ।

    उहाँले अगाडिकाले के गरे भन्ने भन्दा अब हामि के गर्दैछौं भन्ने विषय महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष रुपेश राइले शैक्षिक गुणस्तर अवका पहिलो शर्त रहेको बताउनु भएकाे छ। उहाँले शिक्षाकाे विकास गर्नेपक्षमा सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीको साथमा स्थानीय सरकार निरन्तर रहेको बताउनु भयो ।

    oooo.jpg

    विद्यालय भवनको उद‌घाटन कार्यक्रममा बोल्नुहुदै पालिका उपाध्याक्ष रुपेस बहादुर राई । तस्बिर : भिम राई ।

    खोटेहाङ गाउँ पालिका सामाजिक विकास समिति संयोजक समेत रहनु भएका वडानम्बर-६ का वडा अध्यक्ष वसन्त राईले पालिकाले शिक्षा क्षेत्रको विकासका शिक्षकहरुलाई पुरस्कार र दण्डको नीति अगाडि सार्न लागेको बताउनु भएको छ ।

    उहाँले हालै पालिका शिक्षकहरुको दरवन्दी मिलान, बाबिके शिक्षिका थप, प्रअ प्राेत्साहन, खाेटेहाङ ४ काे भाषा आवि र खाेटेहाङ ९ काे भानु आविलाई मावि संचालन अनुमति प्रदान गरि सकिएकाे पनि जानकारी दिनु भयाे ।

    यस्तै शैक्षिक गुणस्तर सुधारका लागि नियमित अनुगमन, प्रअहरु बिच नियमित अन्तरकृया गाेष्ठी, विषयगत शिक्षकहरु तथा विव्यासका अध्यक्षहरुसँग नियमित अन्तरकृया तथा छलफल गरिने समेत बताउनु भएकाे छ ।

    यसैगरि सप्तकन्या मावि का पूर्व प्रअ तथा खोटेहाङ गाउँपालिका-५ का वर्तमान वडा अध्यक्ष किरण राईले स्थानीय अभिभावकहरूको उल्लेख्य भुमिकाले मात्र विद्यालयको गुणस्तर कायम गर्न सहयोग पुग्ने बताउनु भएको छ । कार्यक्रमको पहिलो शत्र समापन पछि वडा स्तरिय भलिबल प्रतियाेगीता शुरुवात भएको छ । जम्मा १६ टीम सहभागी रहेको भलिवल प्रतियोगीता ३ दिन सम्म चल्ने छ ।

    bhali.jpg

    वडा स्तरिय भलिबल प्रतियोगीताको उद्धघाटनकाक्रममा पालिका अध्यक्ष, उपाध्यक्षलगायत अतिथिहरु ।

    सम्बन्धित समाचार