Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: बिजयखर्कमा डढेलोले बाछा र सुँगुर डढे

    खोटाङ: बिजयखर्कमा डढेलोले बाछा र सुँगुर डढे


    • बिहिवार, बैशाख २८ २०८०

    • नेपाल वाइड


    खोटाङ: बिजयखर्कमा डढेलोले बाछा र सुँगुर डढे
    सामुदायीक वनबाट सल्केको डढेलोले नरबहादुर बिकको गोठमा पुर्‍याएको क्षेती ।

    खोटाङ, २८ बैसाख । डढेलोले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा एउटा बाछा र सुँगुर जलेर मरेको छ । बुधबार दिउँसो भान्टामा सामुदायीक वनमा लागेको डढेलोले गोगनेका नरबहादुर बिकको एउटा बाछा र सुँगुर डढेर मरेको हो ।

    डढेलोले एउटा गाई गम्भीर घाइते भएको वडाध्यक्ष रामबहादुर कट्वालले बताए । करिब तीन सय मिटर तलको डढेलोले एक पाखे छाना भएको गोठ जलेको हो ।

    तीन सय मिटर तलको डढेलोले अकस्मात गोठ र चौपाय जल्दा अचम्मित बनाएको वडाध्यक्ष कट्वालले बताए । बिकलाई आइतबार वडा कार्यालयकोतर्फबाट पाँच हजार राहत प्रदान गर्ने तयारी गरिएको छ । यस्तै, सोही ठाउँका केशरमान ढकालको मतान र पराल जलेको छ ।

    सम्बन्धित समाचार