बिहिवार, बैशाख २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ बैसाख । खोटाङमा नक्कली नोट सहित एक भारतीय पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट नक्कली नोट सहित भारत बिहार राज्य मधुवनी जिल्ला सुक्की पञ्चायत–७ बस्ने २७ वर्षीय अखिलेशकुमार सिंलाई पक्राउ गरेको हो ।
सिंहलाई ईलाका प्रहरी कार्यालय हलेसीको टोलीले खानतलासी गर्दा सयको सात थान नक्कली नोट सहित पक्राउ गरेको जनाएको छ । प्रतिवादी बिरुद्ध मुद्रा सम्वन्धी कसुर अन्तरगत जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति दिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्की जानकारी दिए ।