Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ

    खोटाङ: विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ


    • बिहिवार, बैशाख २८ २०८०

    • नेपाल वाइड


    खोटाङ: विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ
    विदेश पठाउने नाममा ठगी गर्ने ज्ञानुकर्ण बेरी र राधिका परियार । तस्बिर : जिल्ला प्रहरी कार्यालय खोटाङ ।

    खोटाङ, २८ बैसाख । विदेश पठाउने नाममा ठगी गर्ने खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशमा पठाउने भन्दै विभिन्न व्यक्तीलाई लाखौं ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३८ वर्षीय ज्ञानुकर्ण बेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले विभिन्न व्यक्तिबाट पाँच लाख १५ हजार लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्की जानकारी दिए । बैदेसिक रोजगारीका नाममा ठगी गर्नमा संलग्न दम्पत्ती बिरुद्ध जिल्ला अदालतबाट बैसाख २७ गतेदेखि लागु हुनेगरी सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार