Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाहुनीडाँडाको वडा कार्यालय भवन शिलान्यास

    बाहुनीडाँडाको वडा कार्यालय भवन शिलान्यास


    • शुक्रवार, बैशाख २९ २०८०

    • नेपाल वाइड


    बाहुनीडाँडाको वडा कार्यालय भवन शिलान्यास
    वडा कार्यालयको एक तले आरसिसि भवन शिलान्यास गर्नुहुदै वडाध्यक्ष रुद्र राईलगायत ।

    खोटाङ, २९ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बाहुनीडाँडाको टोड्केमा बन्ने वडा कार्यालयको एक तले आरसिसि भवन शुक्रबार वडाध्यक्ष रुद्र राईले वैद्धिक विधि अनुसार शिलान्यास गरेका हुन् ।

    २०६८ सालमा तत्कालिन गाबिसको नाममा बनाइएको कच्ची भवन भत्काएर पक्की भवन निर्माण सुरु गरिएको हो । समपुरक कोष अन्तरगत नगरपालिकाको ३० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानीमा वडा कार्यालयको भवन निर्माण सुरु गरिएको हो ।

    भवन निर्माणको ठेक्का ओजास निर्माण सेवा ललितपुरले लिएको छ । कच्ची भवन भत्काइएपछि गत माघदेखि स्थानीय बिन्द्रधन राईको घरमा मासिक पाँच हजार भाडामा कोठा लिएर वडा कार्यालयको कामकाज सञ्चालन हुँदै आएको छ ।

    halesi.jpg

    ओजास निर्माण सेवाले एक करोड नौ लाख ७९ हजारमा बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा कार्यालय भवन निर्माणको ठेक्का लिएको छ ।

    यस्तै, ५४ लाख ९८ हजारमा सम्पन्न गर्नेगरी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको दुई तले आरसिसि भवन निर्माणको ठेक्का ब्रोदर्स युनाइटेट कन्ट्रक्सन निर्माण कम्पनीले गरिरहेको छ ।

    कदुवामा रहेको तत्कालिन गाबिस कार्यालय अपायक स्थानमा रहेको भन्दै २०६३ सालमा बल प्रयोग गरेर बेतामा सारिएको थियो । तत्कालिन नौ वडामध्ये सात वडाका स्थानीयले तत्कालिन गाबिस भत्काएर काठपात र जस्ता बेता पुर्‍याएका थिए । त्यसको केही समयपछि टोड्केमा भवन बनाइएको थियो ।

    सम्बन्धित समाचार