Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बेलैमा आगलागीको सुचना दिएर जनधनको क्षती हुनबाट जोगाउने प्रहरीलाई अभिनन्दन

    बेलैमा आगलागीको सुचना दिएर जनधनको क्षती हुनबाट जोगाउने प्रहरीलाई अभिनन्दन


    • सोमवार, जेठ १ २०८०

    • नेपाल वाइड


    बेलैमा आगलागीको सुचना दिएर जनधनको क्षती हुनबाट जोगाउने प्रहरीलाई अभिनन्दन
    अभिनन्दन गरिएका तीन जनाहरु प्रहरीहरु प्रहरी हवल्दार प्रकाश तामाङ, प्रहरी जवान दुर्गाप्रसाद निरौला र लिलाबहादुर थापा ।

    खोटाङ, १ जेठ । बेलैमा आगलागीको सुचना दिएर जनधनको क्षती हुनबाट जोगाउन भूमीका निर्वाह गरेकामा खोटाङमा तीन जना प्रहरीलाई अभिनन्दन गरिएको छ ।

    बैसाख ३१ गते राती १.४० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरालाईनका महेश बजिमयको पसलमा अपरिचित व्यक्तिले अचानक आगो लगाएको देखेर खबर गरी तत्काल निभाउनमा योगदान दिएकामा प्रहरी हवल्दार प्रकाश तामाङ, प्रहरी जवान दुर्गाप्रसाद निरौला र लिलाबहादुर थापालाई ज्येष्ठ नागरिक संघले अभिनन्दन गरेको हो ।

    अपराधिक मानसिकता भएका व्यक्तिले अचानक बजिमयको पसलमा आगो लगाएको देखेपछि ‘हो–हल्ला गरी’ अर्बौंका धनजन तथा पशुपन्छी जोगाउन सफल भएको भन्दै संघले सोमबार प्रहरी जवानलाई उच्च सम्मानका साथ सम्मान–पत्र सहित अभिनन्दन गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयबाट रात्री गस्तीमा खटाइएका प्रहरी जवानलाई बजिमयकै पसल अगाडि अभिनन्दन गरिएको हो । घटना देखेर बेलैमा खबर गरेका कारण दिक्तेलबजारका दर्जनौं घर तथा पसल आगलागीबाट जोगाउन योगदान दिएकाले प्रहरी जवानहरुलाई सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

    प्रहरी जवानलाई प्रदेश सांसद पाँचकर्ण राईले जनही पाँच हजार र बजिमयले जनही चार हजारका दरले नगद पुरस्कार प्रदान गरेका छन् । प्रहरी जवानलाई प्रदेश सांसद राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई र डिएसपी मञ्जिल मुकारुङले अभिनन्दन गरेका थिए ।

    सम्बन्धित समाचार