बुधवार, जेठ १० २०८०
नेपाल वाइड
खोटाङ, १० जेठ । चट्याङ पर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका डम्बरहादुर राईको घरमा क्षती पुगेको छ । मंगलबार बिहान सामान्य वर्षासँगै परेको चट्याङले राईको घरमा क्षती पुगेको हो । चट्याङले घरको पर्खाल चर्काए पनि मानवीय क्षती नभएको शिक्षक कोमल ढकालले बताए ।
