Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हावाहुरीले विद्यालयको छाना उडाउँदा कम्प्युटरलगायतका सामाग्रीमा क्षती

    हावाहुरीले विद्यालयको छाना उडाउँदा कम्प्युटरलगायतका सामाग्रीमा क्षती


    • बिहिवार, जेठ ११ २०८०

    • नेपाल वाइड


    हावाहुरीले विद्यालयको छाना उडाउँदा कम्प्युटरलगायतका सामाग्रीमा क्षती
    हावाहुरीले उडाएको बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको भवन ।

    खोटाङ, ११ जेठ । हावाहुरीले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको छाना उँडाएको छ । बिहिबार साँझ वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको छाना पूर्णरुपमा उँडाएको हो ।

    एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदै आएको भवनको छाना उडाएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    छाना उँडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । हावाहुरीले विद्यालयको छाना उँडाएर पाखामा पुर्‍याउदा कम्प्युटरलगायतका सामाग्रीमा क्षती पुर्‍याएको छ । केही दिनभित्रै विद्यालयको भवनको छाना हालिने गाउँपालिका अध्यक्ष राईले बताए ।

    ggfgfggg.jpg

    fg.jpg
    हावाहुरीले उडाएको बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको भवन ।

    सम्बन्धित समाचार