Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी गाउँपालिका केन्द्रको अलमल टुंगियो

    रावाबेँसी गाउँपालिका केन्द्रको अलमल टुंगियो


    • सोमवार, जेठ २२ २०८०

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिका केन्द्रको अलमल टुंगियो
    रावाबेँसी गाउँपालिकाको कार्यालय ।

    खोटाङ, २२ जेठ । सर्वोच्च अदालतले खोटाङको रावाबेँसी गाउँपालिकाको केन्द्रलाई अन्तिम टुंगो लगाइदिएको छ । सर्बोच्चका न्यायधिस इश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार गाउँपालिकाको केन्द्र कुभिन्डेको हरमटार कायम रहनेगरी अन्तिम फैसला सुनाएको हो ।

    सर्वोच्चले गाउँपालिकाको केन्द्र विरुद्ध परेको रिट निवेदन खारेज गरिदिएको छ । सर्वोच्चको फैसलाले गाउँपालिकाको केन्द्रका विषयमा पाँच वर्षदेखि भइरहेको अलमल हटेको छ ।

    राज्य पुःर्नसंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा (रावाबेँसी गाउँपालिका–२) निर्धारण गरिएको थियो । तर २०७४ मा निर्वाचित गाउँपालिका अध्यक्ष लिलानाथ निरौला नेतृत्वको स्थानीय सरकारले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो ।

    गाउँपालिकाको केन्द्र हरम्टार सारिएको भन्दै २०७५ बैसाख ६ गते रिट निवेदन परेको थियो । हरम्टार हालको रावाबेँसी गाउँपालिका–१ मा पर्छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ । हालका गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिले पनि निर्वाचित भए लगत्तै गाउँपालिकाको केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार