Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कृषि विज्ञ राई धरौटीमा छुटे

    कृषि विज्ञ राई धरौटीमा छुटे


    • सोमवार, जेठ २२ २०८०

    • नेपाल वाइड


    कृषि विज्ञ राई धरौटीमा छुटे
    कृषिविज्ञ मदन राई ।

    खोटाङ, २२ जेठ । बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका खोटाङका कृषि विज्ञ मदन राई धरौटी तारेखमा छुटेका छन् । किशोरीलाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा गत बैसाख २९ गते पक्राउ परेका कृषि विज्ञ राई सोमबार पुर्पक्षका लागि चार लाख धरौटीमा छुटेको जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादवले बताए ।

    राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका संस्थापक÷सञ्चालक हुन् । फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै दिएको प्रहरीलाई उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

    जिल्ला न्यायधिस शुभाषबाबु पुरीको एकल इजलासले मुद्धाको फैसला नभएसम्म वालिकाको अन्तरिम संरक्षणका लागि फाउण्डेसनमा जान नपाउनेगरी धरौटी तारेखमा रिहा गरेको श्रेष्तेदार यादवले बताए ।

    प्रतिवादीकातर्फबाट दुई वरिष्ठ सहित १४ जना कानुन व्यवसायी र वादी नेपाल सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक वहस गरेका थिए ।

    आरोपित बिरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्वन्धी अभियोग पत्र दायर गरेका थिए । अभियोगपत्रमा राईलाई तीन वर्ष कैंद र ७५ हजार जरिवाना माग गरिएको छ ।

    ‘गरि खान सिकाउने’ नारा सहित प्रयोगात्मक शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनमा विभिन्न जिल्लाका सयभन्दा बढी विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् । फाउण्डेसनका सञ्चालक राईले फाउन्डेशनमा बसिरहेका छात्रालाई यौन दुव्र्यवहार गरेको समाचार सेतोपाटी डटकमले वैशाख २८ गते प्रकाशित गरेको थियो ।

    सम्बन्धित समाचार