Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बजेटमा सेवा सुविधाको सम्वोधन नभएको बिरोधमा नेपाल विद्यालय कर्मचारी परिषदको धर्ना

    बजेटमा सेवा सुविधाको सम्वोधन नभएको बिरोधमा नेपाल विद्यालय कर्मचारी परिषदको धर्ना


    • सोमवार, जेठ २२ २०८०

    • नेपाल वाइड


    बजेटमा सेवा सुविधाको सम्वोधन नभएको बिरोधमा नेपाल विद्यालय कर्मचारी परिषदको धर्ना
    धर्नामा बसेका नेपाल विद्यालय कर्मचारी परिषद खोटाङका अध्यक्ष गोपाल श्रेष्ठलगायत ।

    खोटाङ, २२ जेठ । नेपाल सरकारले नयाँ बजेटमा सेवा सुविधाको सम्वोधन नगरेको बिरोधमा नेपाल विद्यालय कर्मचारी परिषद खोटाङले शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालयमा धर्ना सुरु गरेको छ ।

    सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा न्युन तलवमा काम गरिरहेका कर्मचारीहरुको सेवा सुविधा सहित पेशागत स्थायीत्वको विषयमा उल्लेख भए पनि बजेटमा समावेश नगरेको बिरोधमा नेपाल विद्यालय कर्मचारी परिषदले आइतबारदेखि शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालयमा धर्ना सुरु गरेको हो ।

    सरकारले विद्यालय कर्मचारीको सेवा सुविधामा विभेदपुर्ण व्यवहार गरेको तथा यसअघि गरिएका सम्झौता कार्यान्वयन नगरेको बिरोधमा केन्द्रीय समितिको निर्देशन अनुसार धर्ना सुरु गरिएको नेपाल विद्यालय कर्मचारी परिषद खोटाङका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

    यथासक्य वजेट संशोधन गरेर विद्यालय कर्मचारीको सेवा सुविधाको मा सम्वोधनका लागि दवाव सिर्जना गर्न शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालयमा धर्ना सुरु गरिएको परिषदले जनाएको छ ।

    शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालयमा जेठ २६ गतेसम्म धर्ना दिने कार्यक्रम छ । धर्नामा नेपाल शिक्षक महासंघ, महासंघमा आवद्ध घटक तथा सबै शिक्षकको पेशागत संगठनहरुको ऐक्यवद्धता रहेको छ ।

    यस्तै, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाण्डौं भद्रकालीमा रिले अनसन वस्ने र असार २ गतेदेखि माग सम्बोधन नभएसम्मका लागि सम्पूर्ण सामुदाकि विद्यालयहरु वन्द गरिने नेपाल विद्यालय कर्मचारी परिषदले जनाएको छ ।

    सम्बन्धित समाचार