Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

    केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


    • बुधवार, जेठ २४ २०८०

    • नेपाल वाइड


    केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
    गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख राई ।

    खोटाङ, २४ जेठ । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका रोग विरुद्धको खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख राईले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।

    केपिलासगढीका एक वर्षभित्र जन्मेदेखि १५ महिनासम्मको २३४ जना र १६ महिनादेखि २३ महिनासम्मको ११० बालबालिकालाई नेपाल सरकारले निःशुल्क प्रदान गर्ने १३ प्रकारका खोप लगाइदिएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने बाटो खुलेको हो ।

    गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न योगदान पुर्‍याउने स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको छ । यस्तै, आगामी वर्ष सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने र कसैलाई खोपबाट नछुटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरिएको छ ।

    खोटाङका १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

    सम्बन्धित समाचार