Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    समृद्धिका लागि हलेसीको पर्यटन प्रवर्द्धन आवश्यकः मन्त्री किराती

    समृद्धिका लागि हलेसीको पर्यटन प्रवर्द्धन आवश्यकः मन्त्री किराती


    • बुधवार, जेठ २४ २०८०

    • नेपाल वाइड


    समृद्धिका लागि हलेसीको पर्यटन प्रवर्द्धन आवश्यकः मन्त्री किराती
    हलेसीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री सुदन किराती ।

    खोटाङ, २४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले आर्थिक समृद्धिका लागि खोटाङको त्रि–धार्मिकस्थल हलेसीको पर्यटन प्रवर्द्धनको आवश्यकता औंल्याएका छन् ।

    बुधबार हलेसीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले हलेसी क्षेत्रको पुर्वाधार बिकासका लागि सरकारले नीति तथा कार्यक्रममै योजना बनाएको जानकारी दिएका छन् ।

    मन्त्री किरातीले हलेसी क्षेत्रको विकासका लागि देशका अन्य ठाउँमा समेत प्रचार–प्रसार आवश्यक रहेको औंल्याएका छन् । ‘आउने दिनमा नेपाल छिर्ने मुख्य नाकामा समेत हलेसीको प्रचार–प्रसार गर्ने होर्डिङ बोर्ड राख्नुपर्छ,’ मन्त्री किरातीले भने, ‘विभिन्न मुलुकबाट आउने पाहुनाहरुलाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिनेगरी योजना निर्माण गर्नु आजको आवश्यकता हो ।’

    मन्त्री किरातीले हलेसीको तुवाचङ क्षेत्रमा खुल्ला सांस्कृतिक संग्रहालय निर्माण गर्न सरकारले तयारी गरेको जानकारी दिएका छन् । अर्को प्रसंगमा उनले निकट भविष्यमा तीन वटा विमान खरिद गर्ने प्रकृया अघि बढाइने बताएका छन् ।

    यस्तै, हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले हलेसी क्षेत्रको विकासले सिंगो मुलुकै आर्थिक समृद्धि हुने धारणा राखेका छन् । हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको अध्यक्ष राईको भनाई थियो ।

    हलेसी तुवाचङ नगरपालिकाका मेयर बिमला राईले मन्त्री किरातीलाई स्वागत गर्दै हलेसी क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गरेकी छन् । हलेसीमै बुनिएको खाँडीको कपडा उपहार प्रदान गर्दै मेयर राईले स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी दिएकी छन्

    सम्बन्धित समाचार