Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ : गर्मीका कारणका दुई विद्यालय बन्द

    खोटाङ : गर्मीका कारणका दुई विद्यालय बन्द


    • शुक्रवार, जेठ २६ २०८०

    • नेपाल वाइड


    खोटाङ : गर्मीका कारणका दुई विद्यालय बन्द
    खोटाङको बोपुङस्थित शिक्षा निकेतन औतारी माबि र शिक्षाज्योती माबिका बेहोस बनेका छात्र/छात्रा ।

    खोटाङ, २६ जेठ । अधिक गर्मी बढेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाका दुई विद्यालय बन्द गरिएको छ । केही दिन यता अत्याधिक गर्मी बढ्दा विद्यार्थीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र बेहोस हुने समस्या देखिन थालेपछि जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको शिक्षा निकेतन औतारी माबि र शिक्षाज्योती माबि, चौतारा बन्द गरिएको हो ।

    सुनकोसी किनार नजिक बेँसी क्षेत्रमा रहेको शिक्षा निकेतन औतारी माबि शुक्रबारदेखि जेठ ३० गतेसम्म र शिक्षाज्योती माबि, चौतारा जेठ २८ गतेसम्मका लागि बन्द गरिएको हो ।

    खोँचमा रहेको विद्यालयमा गर्मीले सताएपछि वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिसँगको सल्लाहमा विद्यालय बन्द गरिएको शिक्षा निकेतन औतारी माबिका शिक्षक जीवन राईले बताए । चाप्माखाम खोल्साबाट विद्यालयमा ल्याइएको पानीको मुहान सुकेपछि शिक्षा निकेतन औतारी माबिका विद्यार्थी थप मारमा परेका छन् ।

    विद्यार्थी बेहोस हुन थालेपछि केही दिनमा मौसममा सुधार हुने अपेक्षा सहित बिद्यालय बन्द गरिएको शिक्षाज्योती माबि चौताराका प्रअ तुलसी गिरीले बताए ।

    यसअघि कोभिड–१९ को समयमा बाहेक गर्मीको समयमा विद्यालय बन्द गर्नु परेको थिएन । गर्मीले सताउन थालेपछि वर्षे बिदा कट्टा हुनेगरी विदाको व्यवस्था गर्न सम्वन्धित विद्यालयलाई सुझाव दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य दाहालले बताए ।

    सम्बन्धित समाचार