Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घोषणा गरिए अनुसार पुरस्कार नपाएको गायनका प्रथम प्रतियोगीको गुनासो

    घोषणा गरिए अनुसार पुरस्कार नपाएको गायनका प्रथम प्रतियोगीको गुनासो


    • बिहिवार, जेठ ३२ २०८०

    • नेपाल वाइड


    घोषणा गरिए अनुसार पुरस्कार नपाएको गायनका प्रथम प्रतियोगीको गुनासो
    कलाकारहरुद्धारा नेपाल पत्रकार महासंघको दिक्तेलस्थित कार्यालयमा गरेको पत्रकार सम्मेलन ।

    खोटाङ, ३२ जेठ । खोटाङ प्रतिभा २०८० छनौटका क्रममा हलेसीमा आयोजना गरिएको पालिका स्तरिय गायन प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरेका प्रतियोगीले घोषणा गरिए अनुसारको नगद पुरस्कार नपाएको गुनासो गरेका छन् ।

    खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा र खोटाङ प्रतिभा २०७९ प्रतियोगीता अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाको प्रायोजनमा खोटाङ कलाकार समाजले गत बैसाख १५ र १६ गते हलेसीमा आयोजना गरेको पालिका स्तरिय छनौट प्रतियोगीतामा गायनतर्फ प्रथम स्थान प्राप्त गरेका अस्बिन राईले निर्धारित नगद पुरस्कार नपाएको गुनासो गरेका हुन् ।

    कार्यक्रमका दौरान नगरपालिकाकातर्फबाट गायन र नृत्यका उत्कृष्ट प्रतिभालाई जनही नगद ३० हजार दिने भनेर घोषणा गरिए पनि १० हजार मात्र दिएको राईले गुनासो गरेका छन् ।

    राईले बुधबार नेपाल पत्रकार महासंघको दिक्तेलस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर पुरस्कार वापत दिइएको १० हजार नगरपालिकाकै खातामा फिर्ता गर्ने जानकारी दिएका छन् । ‘कुरा पुरस्कार थोर भयो भन्ने होईन, नगरको जिम्मेवार पक्षबाट बोलेको कुरा पुरा भएन भन्ने हो,’ राईले भने, ‘सार्वजनिक रुपमा पुरस्कार दिने घोषणा गरियो तर भनेजति दिइएन ।

    यसले कलाको सम्मान नभै अपमान र दुरुत्साहित गर्ने मेरो ठहर छ ।’ अडिसनमा उपस्थित मेयर बिमला राई र उपमेयर रमेश राउतले आयोजकमार्फत घोषणा गर्न लगाए अनुसारको पुरस्कार नदिएर कला र प्रतिभामाथि खेलबाड भएको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

    यस्तै, नृत्यमा प्रथम स्थान प्राप्त गरेकी स्मृति राईले पनि १० हजार मात्रै पाएको दावी गरिएको छ । खोटाङ प्रतिभाकोे फाइनल अडिसन भदौ ४ गते काठ्माडौंमा हुने आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार