Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बुवाआमा बिहिन बनेपछि बालबच्चाको बिचल्नी

    बुवाआमा बिहिन बनेपछि बालबच्चाको बिचल्नी


    • आइतवार, आषाढ ३ २०८०

    • नेपाल वाइड


    बुवाआमा बिहिन बनेपछि बालबच्चाको बिचल्नी
    बाबु आमा बिहिन बनेका आशिष बिक ।

    खोटाङ, ३ असार । आमाले दोश्रो विवाह गरिन् । लालनपालन गर्दैआएका बुवाले आत्महत्या गरे । आमाबुवा बिहिन बनेपछि खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी सुम्देका ११ वर्षीय आशिष बिक र आठ वर्षीय अंकु बिकको बिचल्नी भएको छ । अभिभावक बिहिन बनेपछि दाजु आशिष र बहिनी अंकुको लालनपालन र शिक्षादिक्षाको व्यवस्थापनमा समस्या सिर्जना भएको छ ।

    आमाले छाडेर गएको अवस्थामा बुबा दिपेश बिकले २०७९ चैतमा आत्महत्या गरेपछि कलिला बालबच्चाको विचल्नी भएको हो । अंकु चन्द्रोद्धय प्राबिमा कक्षा ४ मा र आशिष कक्षा ३ मा पढ्छन् ।

    बाबुआमा नै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । बुवा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ बिकको घरमा आश्रय लिन पुगेका उनीहरु पुःन घरैमा फर्किएका छन् ।

    दिपेश बैदेसिक रोजगारीका सिलसिलामा बिदेश रहेका बेला श्रीमतीले दोश्रो विवाह गरेर हिँडेकी थिईन् । त्यसपछि घर आएर कान्छी श्रीमती ल्याएका दिपेशले पुःन बिदेश गएर घर फर्किएको वर्ष दिनपछि आत्महत्या गरेका हुन् ।

    सम्बन्धित समाचार