Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ : नगर अस्पतालमा स्वास्थ्य बिमा वापतको सेवा उपलव्ध

    हलेसी तुवाचुङ : नगर अस्पतालमा स्वास्थ्य बिमा वापतको सेवा उपलव्ध


    • आइतवार, आषाढ ३ २०८०

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : नगर अस्पतालमा स्वास्थ्य बिमा वापतको सेवा उपलव्ध
    हलेसी तुवाचुङ नगरपालिका खोटाङ ।

    खोटाङ, ३ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाँच शैयाको नगर अस्पतालबाट स्वास्थ्य बिमा वापतको स्वास्थ्य सेवा उपलव्ध गराएको छ । स्वास्थ्य बीमा गरे वापतको सेवा लिनका लागि जिल्ला अस्पताल वा अन्य अस्पतालमा पुग्नुपर्ने वाध्यता अन्त्याका लागि नगरपालिकाले नगर अस्पतालबाटै सो सेवा उपलव्ध गराउन थालेको हो ।

    स्वास्थ्य बिमा गरेका नगरबासीलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेका नगर अस्पतालबाट २४ घण्टे इमरजेन्सी, ल्याव, एक्स–रे, ओेपिडि, बिरामी भर्ना, भिडियो एक्स–रे, इसिजि, फार्मेसी, मातृशिशु सेवा लगायतका आधारभुत सेवा निःशुल्क पाउने व्यवस्था मिलाइएको छ ।

    नगर अस्पतालमा निको नहुने बिरामीलाई अन्यत्र रिफरर सेन्टरमा पठाइने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।
    स्वास्थ्य बिमा वापतको सेवा लिनदिनका लागि प्रथम बिन्दु बनाइएको नगर अस्पतालमा हाल एक जना एमबिबिएस डाक्टर कार्यरत छन् ।

    ११ वडा रहेको नगरपालिकामा हालसम्म आठ हजार ४२५ जनाले स्वास्थ्य बिमा गरिसकेका छन् । स्वास्थ्य बिमा गरेका नागरिकलाई गत जेठ २७ गतेदेखि नगर अस्पतालबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको मेयर बिमला राईले बताईन् ।

    स्वास्थ्य बीमा गरे वापतको सेवा लिनका लागि खर्च गरेर अन्यत्र जान बाध्य नागरिकलाई लक्ष्यित गर्दै नगरपालिकाले चालु आर्थिक वर्षको सुरुदेखि नगर अस्पतालबाट स्वास्थ्य बीमा वापतको सेवा दिन प्रकृया थालेको थियो । हालसम्म नगरका स्थानीय जिल्ला अस्पताल, काठ्माडौं, धरान, बिराटनगर लगायतका अस्पताल पुगेर स्वास्थ्य बीमा वापतको सेवा लिँदैआएका थिए ।

    नगरपालिकाले चालु आर्थिक वर्ष अभिभावक गुमाएका बालबालिका र बिधुर परिवारको स्वास्थ्य बीमा गरिदिन सुरु गरेको छ । अभिभावक गुमाएका बालबालिका र हालसम्म कुनै पनि किसिमका सामाजिक सुरक्षाभत्ता नपाएका बिधुर भएका १२० घर परिवारको स्वास्थ्य बीमा गरिदिन सुरु गरेको हो ।

    आगामी भदौ १ गतेबाट स्वास्थ्य बीमा वापतको स्वास्थ्य सेवा पाउनेगरी उनीहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिन सुरु गरिएको स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए । मंगलटार र दुर्छिमका अभिभावक गुमाएका बालबालिका र बिधुर परिवारको स्वास्थ्य बीमा सकिइसकेको छ ।

    क्रमशः एक लाखको स्वास्थ्य सुविधा पाउनेगरी ‘ख’ बर्गको अपांगता भएका व्यक्ति र बिधुवाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने नगरको तयारी छ । ‘क’ बर्गको अपांगताको प्रमाण–पत्र पाएका व्यक्ति, ७० वर्षमाथिका ज्येष्ठ नागरिक र विपन्न परिवारको सुचीमा परेका परिवारको सरकारले बिमा गरिदिने व्यवस्था छ ।

    सम्बन्धित समाचार