Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाढी पहिरोका कारण पुर्बी पहाडमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो, २७ सम्पर्कविहिन

    बाढी पहिरोका कारण पुर्बी पहाडमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो, २७ सम्पर्कविहिन


    • सोमवार, आषाढ ४ २०८०

    • नेपाल वाइड


    बाढी पहिरोका कारण पुर्बी पहाडमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो, २७ सम्पर्कविहिन
    संखुवासभामा हेवा खोलामा आएको बाढी ।

    खोटाङ, ४ असार । पुर्वी नेपालमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । शनिबार यताको भिषण वर्षाका कारण गएको बाढी र पहिरोका कारण २७ जना बेपत्ता छन् ।

    बाढी पहिरोका कारण ताप्लेजुङमा तीन जना, पाँचथरमा तीन जना, संखुवासभामा एक जना र भोजपुरमा एक जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरमा प्रवक्ता/सूचना अधिकारी प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बताए ।

    पहिरोमा परी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राईको मृत्यु भएको छ । केशर र सुरेस बुवा छोरा हुन् ।

    पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–४ का ८ वर्षीय जमुना साउदेन, हेवा खोलामा आएको बाढीका कारण फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र २५ वर्षीय एलिसा माझीको मृत्यु भएको हो ।

    संखुवासभामा हेवा खोलामा आएको बाढीका कारण पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोष राई र भोजपुर टेम्केमैयूँ गाउँपालिका–८ का ३२ वर्षीय मन्दिप राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    कँडेलका अनुसार बाढीका कारण संखुवासभामा २१ जना वेपत्ता छन् । त्यसमध्ये चैनपुर नगरपालिकामा रहेको जलविद्युत आयोजनाको काम गरिरहेका १८ जना छन् । ताप्लेजुङमा तीन जना र पाँचथरमा तीन जना वेपत्ता बनेका छन् ।

    पहिरोले घर पुर्दा ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ का एकै परिवारका ६३ वर्षीय भगीमायाँ बुढाक्षत्री, ३३ वर्षीय सन्ध्या बुढाक्षत्री र ९ वर्षीय प्रज्वल बुढाक्षत्री बेपत्ता छन् ।

    बाढी पहिरोका कारण पुर्वी पहाडमा घर, सडक, मोटरेबल पुल, झोलुङ्गे पुल लगायतमा क्षती पुगेको छ । प्रधान्मन्त्री पुष्पकमल दाहाल बाढी पहिरोको क्षतीका विषयमा निरिक्षण गर्न सोमबार संखुवासभा पुगेका थिए ।

    सम्बन्धित समाचार