Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाढीमा फसेका चालक र सहचालकको आठ घण्टापछि उद्धार

    बाढीमा फसेका चालक र सहचालकको आठ घण्टापछि उद्धार


    • मंगलवार, आषाढ ५ २०८०

    • नेपाल वाइड


    बाढीमा फसेका चालक र सहचालकको आठ घण्टापछि उद्धार
    रावाखोला ।

    खोटाङ, ५ असार । बालुवा लिन जाँदा बाढीका कारण रावा खोलाको टापुमा फसेका चालक र सहचालकलाई आठ घण्टापछि उद्धार गरिएको छ । खोलाबाट बालुवा निकाल्ने क्रममा बाढीमा फसेका चालक र सहचालकलाई करीब आठ घण्टापछि उद्धार गरिएको छ । प्रदेश २–०१–००१प १८७३ नम्बरको ट्र्याक्टर चालक युवराज सार्की र सहचालक विवेक मगरको उद्धार भएको हो ।

    उनीहरू खोटाङको रावाबेसी गाउँपालिका–१, कुभिन्डे र वडा नम्बर ४, डुम्रेधारापानी बीचको कटहरेबेसीमा रावा खोलाको भँगालोको बीचमा रहेको टापुमा बालुवा झिक्न जाँदा सोमबार दिउँसो ३ बजे बाढीमा फसेका थिए । पछि राति पौने १२ बजेतिर जेसीभीको बकेटमा बसाएर उनीहरूको उद्धार गरिएको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

    सार्की रावाबेसी गाउँपालिका–१, कुभिन्डे र मगर रावाबेसी गाउँपालिका–२, खार्पाका बासिन्दा हुन् । उनीहरू स्थानीय रत्न आधारभूत विद्यालयको भौतिक संरचना निर्माणका लागि आवश्यक बालुवा लिन रावा खोला पुगेका थिए । उनीहरू बाढीमा फसेपछि खोला किनारमा आफन्तको रुवाबासी चलेको थियो ।

    “बालुवा लोड गर्दागर्दै ठूलो बाढी उर्लिएर आउँदा टापुमै अड्किएछन्,” अध्यक्ष श्रेष्ठले भने, “राति बाढी केही घट्यो । खोला फिंजिएको ठाउँमा बीचसम्म जेसीभी लगेर बकेटमा बस्न लगाएर उद्धार गरेका हौं ।”

     

    सम्बन्धित समाचार