सोमवार, श्रावण १ २०८०
नेपाल वाइड
खोटाङ, १ साउन । खोटाङमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । ऐंसेलुखर्क गाउँपालिका-४ जलेश्वरीस्थित रमितेडाँडामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जलेश्वरीका २६ वषीय दावा तामाङ, २८ वर्षीय हेमकुमार तामाङ, २६ वर्षका मोहन तामाङ र ३२ वर्षका खियामा तामाङ रहेका छन् ।
२८ वर्षीय बुद्धिमान तामाङ भने फरार भएका छन्। गोरु काटेर भाग लगाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐंसुलुखर्कले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको छ ।