Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चखेवाभञ्ज्याङ–सेखुवा सडकः ढिलासुस्ती गर्ने ठेकेदारकै पक्षमा फैसला

    चखेवाभञ्ज्याङ–सेखुवा सडकः ढिलासुस्ती गर्ने ठेकेदारकै पक्षमा फैसला


    • सोमवार, श्रावण ८ २०८०

    • नेपाल वाइड


    चखेवाभञ्ज्याङ–सेखुवा सडकः ढिलासुस्ती गर्ने ठेकेदारकै पक्षमा फैसला
    वर्षातको समयमा मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्डको हिलाम्मे सडक । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, ८ साउन । उच्च अदालतले मध्यपहाडी राजमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय उल्टाइदिएको छ ।

    सम्झौता म्याद नाघेको पाँच वर्ष बित्दा समेत निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठ्माडौंले सडक कालोपत्रेको काम सम्पन्न गर्न नसकेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको थियो ।

    ठेक्का तोड्ने निर्णय लगत्तै निर्माण व्यवसायी रिट हाल्न उच्च अदालत पुगेको थियो । उच्च अदालतबाट कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय हाललाई कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ आएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका इन्जिनियर दिपेश मुनकर्मीले बताए ।

    लामो समयसम्म सडक कालोपत्रेको काम अलपत्र परेपछि सोही निर्माण व्यवसायीबाट बाँकी काम सम्पन्न हुनसक्ने अवस्था नदेखिएको भन्दै कार्यालयले गत जेठ १४ गते सार्वजनिक सुचना प्रकाशन गरेर ठेक्का सम्झौता अन्त्या गरेको जानकारी दिएको थियो ।

    तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगर्दा पटक–पटक म्याद थप भएको, अन्तिम पटक थप भएको म्याद समेत समाप्त भइसकेको, निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक–पटक अनुरोध गर्दा पनि ठेक्का सम्झौताका शर्त बमोजिम दायित्व पुरा नगरेको भन्दै कार्यालयले सार्वजनिक खरद ऐन २०६३ को दफा ५९ (२) अनुसार ठेक्का अन्त्या गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार