Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीः तोरी फलाउने किसानलाई अनुदान !

    केपिलासगढीः तोरी फलाउने किसानलाई अनुदान !


    • सोमवार, श्रावण ८ २०८०

    • नेपाल वाइड


    केपिलासगढीः तोरी फलाउने किसानलाई अनुदान !
    तोरी खेती गर्ने किसानलाई तोरी उत्पादनको मात्राको आधारमा प्रोत्साहन अनुदान उपलव्ध गराउदै गाँउपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राई ।

    खोटाङ, ८ साउन । खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन अनुदान उपलव्ध गराउन सुरु गरेको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई तोरी उत्पादनको मात्राको आधारमा प्रोत्साहन अनुदान उपलव्ध गराउन सुरु गरेको हो ।

    तोरी उत्पादन गर्ने किसानलाई प्रतिपाथी २५० रुपैयाँका दरले विनाशर्त प्रोत्साहन अनुदान वितरण भइरहेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख सायमन गुरुङले बताए । आगामी साउन १० गतेसम्ममा वितरण सक्नेगरी केपिलासगढी गाउँपालिका–१ फेदीबाट साउन ७ गतेदेखि तोरी खेती प्रोत्साहन अनुदान बाँड्न सुरु गरिएको हो ।

    फेदीमा सूचीमा परेका मध्ये बढीमा ४९ पाथीसम्म तोरी फलाउने किसानले प्रोत्साहन अनुदान बुझेका छन् । व्यवसायीक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयतित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम ल्याएको हो ।

    असंगठित रुपले तोरी खेती गरिरहेका किसानलाई व्यवसायीक रुपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष समिर राईले बताए ।

    गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने दावी गरिएको छ ।

    सम्बन्धित समाचार