आइतवार, श्रावण २१ २०८०
विश्वनाथ निरौला
खोटाङ, २१ साउन । देशको समृद्धि र विकासका लागि गुुणस्तरिय शिक्षा हुनु नितान्त आवश्यक छ । देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्यवस्थापनले मात्र गुुणस्तरिय शिक्षा परिकल्पना गर्न सकिन्छ ।
देशको आगामी नेतृत्वकर्ता सक्षम, योग्य कुशल र दुरदृष्टिकर्ता बनाउने भनेकै अहिलेका विद्यार्थीहरुलाई नै हो । देशको आर्थिक, भौतिक, सामाजिक, सास्कृतिक पक्षहरूलाई सहि तरिकाले अगाडी बढाउनका लागि शिक्षामा व्यापक सुधार विना संम्भब छैन ।
तपाई हाम्रो विद्यालयमा कस्तो पढाई भइरहेको छ ? हामीले आफ्ना बालवालिका लागि शिक्षामा कती ध्यान दिएका छौ ? यही कुरामा देशकोे भोलीको भविष्य निर्भर गर्नेछ र देशको मार्गदर्शक भनेका नै अहिलेका विद्यार्थी/बालबालिका हुन् ।
विकशित देशहरूलाई फर्किएर हेर्ने हो भने विकसित हुनुको पछाडी त्यो देशको विद्यार्थी, विद्यालय र शिक्षा प्रणाली नै प्रमुख देख्न सकिन्छ । शिक्षाको गुणस्तरलाई कसरी बढाउन सकिन्छ ? शैक्षिक बहसले मात्र किन शिक्षा सुधार हुन सकेन ? हाम्रोे देशमा सञ्चालित सामुदायिक विद्यालय शिक्षाले शिक्षाको माग पुरा होला ? यस विषयलाई अलि सुक्ष्म ढंगले हेर्न अवश्य जरुरी छ ।
यस विषयमा चर्चा गर्दा यहाँ शिक्षकको भुमिकालाई अलि बढी चर्चा गरिएको छ । यसले परिमार्जित पाठ्यक्रम, शिक्षण विधि, शैक्षिक सामग्री निर्माण खोज प्रयोगको जानकार गराउँछ ।
शिक्षक छनोटको परीक्षामा प्रयोगात्मक परीक्षा अनिबार्य लागू गर्ने यसरी प्रयोगात्मक परीक्षा लिदा पाठ्यक्रम, सिकाइ उपलब्धि, सामग्री विधि र ब्यवहारिक क्रियाकलाप मुल्याङ्कन जस्ता पक्षको प्रयोग पत्ता लाग्छ ।
आफू जान्नु र अरुलाई सिकाएर जान्ने बनाउनु फरक हन्छ । शिक्षकले आफुमा भएको ज्ञान सीप सामग्रीका प्रयोगले सिकारुमा परिवर्तन ल्याउनु हो, पढाउनु हैन ।
कतिपय प्रधानाध्यापकमा असल नेतृत्व असमान व्यवहार समय सापेक्ष परिचालन, निर्देशन, समन्वय, अनुगमन, निरीक्षण योजनाको तयारी, कार्यन्वयन गर्ने क्षमतामा कमी रहेको पाईएको छ । यही विषयलाई बुदाँगत रुपमा हेरौं ।
हाल शिक्षाका व्यवहारिक पक्षहरुलाई तुलना गर्दा अचम्म छ मेरो बिषयमा सबै फेल भए भनेर शिक्षकहरु हाँसी मजा उडाएको देखिन्छ । किन फेल भए ? अब कसरी पास बनाउने ? म मा के कमी छ ? भन्ने चिन्तन देखिदैन । आफु फेल भए भन्ने महशुस हुन जरुरी छ ।
उदाहरणका लागि एउटा हलीले खेतबारीमा गोरु जोत्दै गर्दा मेलोमा राटा राख्यो भने दोष कसलाई जान्छ गोरुलाई ? हो उसका अभिभावकले सिकाउनेवाला छन् म त हली ठिक भएन भनेको सुन्छु र हलीले छेउ कुना गरेर मेलो राम्रो जोत्छ यदि गोरुले मेलो नदिएमा विभिन्न उपाय खोजी गर्छ ।
त्यस्तै शिक्षकले गरे हुँदैन ? कृषकले खेती लगाउँछ अन्न फलेन भने जमिनलाई दोष मुर्खले मात्र दिन्छ असल कृषकले बाली किन बिगतको भन्दा कम भयो ? सोच्न थाल्छ समयमा अथवा सिजनमा बाली लगाईएन कि ?
बीउ राम्रो भएन कि ? मल पुगेन कि, बढी भयो कि ? गोडमेल समयमा भएन कि ? विविध प्रश्न उठाउँछ घर परिवारमा छलफल गर्छ । छरछिमेकमा सोधखोज गर्छ र आगामी बर्ष उत्पादन बढाउने उपाय गर्छ यस्तै शिक्षकले म मा के कहाँ कसरी फेल भए भनेर पास हुने गराउने उपायको खोजी गरेर सिकाई गर्न आवश्यक देखिन्छ । हामी अभिभावकलाई, विद्यार्थी आदि लाई दोष दिन खप्पिस छौ यो शिक्षकको धर्म होईन ।
(लेखक विश्वनाथ निरौला ऐसेलुखर्क गाँउपालिकाका निवर्तमान पालिका अध्यक्ष हुन् ।)