Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साउदीमा दुई महिनादेखि अलपत्र, पानी बेचेर खाना खर्च जुटाउँदै युवा

    साउदीमा दुई महिनादेखि अलपत्र, पानी बेचेर खाना खर्च जुटाउँदै युवा


    • आइतवार, श्रावण २१ २०८०

    • नेपाल वाइड


    साउदीमा दुई महिनादेखि अलपत्र, पानी बेचेर खाना खर्च जुटाउँदै युवा
    साउदीमा अलपत्र गुल्मीका बिशाल खड्काको नागरिकता र राहदानी ।

    काठ्माडौं, २१ साउन । गुल्मी मदाने गाउँपालिका–५ का बिशाल खड्का दुई महिनादेखि साउदी अरेबियामा अलपत्र परेका छन् । बिरामी भएपछि कम्पनीबाट निकालिएका खड्का हाल साउदी अरेबियाको रियादमा उद्धारको प्रतिक्षामा बसिरहेका छन् ।

    कम्पनीले खाने व्यवस्था नगरेपछि खड्काले ‘इलिगल’ भएर बाटोमा पानी बिक्री गरेर खाना खर्च जुटाइरहेको बताए । कन्स्ट्रक्सन लेवरका रुपमा उनी फिस्टेल ओभरसिज प्रालिबाट २०७९ कात्तिक २१ गते आम्मर बिजीनेस फ्याक्ट्री फर इन्डष्ट्री पुगेका थिए ।

    कन्स्ट्रक्सन लेवरका रुपमा साउदी गएका उनलाई होटलको काममा लगाइएको थियो । सम्झौता पत्रमा मासिक एक हजार रियल तलव पाउने उल्लेख भए पनि उनलाई मेनपावरले मासिक एक हजार पाँच सय रियल पाउने भन्दै साउदी पठाएको थियो ।

    ढाडले काम गर्न नहुने, श्वास फेर्न गा¥हो हुने र अण्डकोस सुन्निने समस्या भएपछि खड्कालाई कम्पनीले कामबाट निकालेको थियो । सुन्निएको अण्डकोस दुख्ने समस्याले रातभरी सुत्नै कठिन भइरहेको खड्काले बताए ।

    उपचार गर्नुपर्ने बेला उनी साउदीमा छाक टार्न संघर्ष गरिरहेका छन् । नेपाल फर्काउनका लागि कम्पनीले एउटा कागजमा हस्ताक्षर गराएको तर अन्य कागजका लागि ‘नेपालमा भन’ भन्दै कम्पनीले अहिलेसम्म बेवास्ता गरेको उनको गुनासो छ ।

    “कम्पनीले बेवास्ता गरेको छ, खान देको छैन । खान लागि इलिगल भएर बाटोमा पानी बेचिरहेकोले छु,” उनले भने, “नेपाल फर्कनका लागि एउटा कागजमा साइन गरायो तर अहिलेसम्म त्यसको जवाफ दिएको छैन । नेपालमा भन, नेपालले पेपर दिन्छ भनेर पन्छिरहेको छ । मलाई केही चाहिँदैन, नेपाल फर्कन पाए हुन्छ ।”

    सम्बन्धित समाचार