Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरणको काम सुचारु

    ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरणको काम सुचारु


    • सोमवार, श्रावण २२ २०८०

    • नेपाल वाइड


    ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरणको काम सुचारु
    इलाका प्रशासन कार्यालय खोटाङबजार ।

    खोटाङ, २२ साउन । खोटाङको ईलाका प्रशासन कार्यालय खोटाङबजारबाट नागरिकता वितरणको काम सुचारु भएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत असार २६ गतेदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण र सिफारिस गर्ने लगायतका सेवा रोकिएको थियो ।

    गृहले ईलाका प्रशासन कार्यालयमै कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई बढीमा ६ महिनाका लागि कायम मुकायम मुकरर गरेर पत्र पठाएपछि साउन २२ गतेदेखि नागरिकता वितरणको काम सुचारु भएको कार्यालयका नासु लक्ष्मी ढकालले बताए ।

    खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका थिए ।

    मन्त्रालयले बेलामा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा नागरिकता, दलित जनजाती प्रमाणीकरणको कामका लागि कतिपय सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्न बाध्य बनेका थिए ।

    नागरिकता लगायतका सिफारिसका लागि दिक्तेल पुग्नुपर्ने नागरिकको वाध्यता अन्त्याका लागि जिल्ला प्रशासन कार्यालयले साउन १४ गतेदेखि १६ गतेसम्म प्रशासकीय अधिकृत उपेन्द्र राईलाई ईलाका प्रशासन कार्यालयमा पठाएको थियो ।

    सम्बन्धित समाचार