Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङमा कार्यालय सहयोगीका लागि तीन गुणा बढीको आवेदन

    दिप्रुङमा कार्यालय सहयोगीका लागि तीन गुणा बढीको आवेदन


    • मंगलवार, श्रावण २३ २०८०

    • नेपाल वाइड


    दिप्रुङमा कार्यालय सहयोगीका लागि तीन गुणा बढीको आवेदन
    दिप्रुङ चुईचुम्मा गाउँपालिका ।

    खोटाङ, २३ साउन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कार्यालय सहयोगीको १५ करार पदमा ५५ जनाको आवेदन परेको छ । गाउँपालिका, वडा कार्यालय र स्वास्थ्यचौकीका लागि कार्यालय सहयोगी नियुक्ती गर्न खुलाइएको विज्ञापनमा ५५ जनाले आबेदन दिएको गाउँपालिकाका सुचना अधिकारी छैठौं अधिकृत पिएस्पी चाम्लिङ राईले बताए ।

    सात वडा र छ स्वास्थ्यचौकीमा एक–एक जना र गाउँपालिकामा दुई जना कार्यालय सहयोगी राख्नेगरी गाउँपालिकाले इच्छुक व्यक्तिबाट आवेदन आव्हान गरेको थियो ।

    नयाँ कार्यालय सहयोगी नियुक्तीका लागि गाउँपालिकाले साउन २२ गतसम्म आवेदन दिन सकिनेगरी साउन १६ गते आवेदन आव्हान गरेको जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पुःनर्ताजगीका लागि भन्दै साउन १५ गते करारका कार्यालय सहयोगी सहित ५७ जना जनाको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।

    सोही रिक्त स्थानमा गाउँपालिकाले नयाँ कार्यालय सहयोगी नियुक्ती गर्न लागेको हो । बढ्दो बेरोजगारी समस्य र धेरैको योग्यता पुग्ने भएका कारण कार्यालय सहयोगीमा तीन गुणा बढीको आवेदन परेको हुनसक्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । कार्यालय सहयोगी छनौट परिक्षा साउन २४ गते गाउँपालिकाको केन्द्र याङसोलाटारमा परिक्षा हुने गाउँपालिकाले जनाएको छ ।

    अनमीमा आएन आवेदन

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आव्हान गरेको अनमी चौथो तहको करार पदमा भने एक जनाको मात्र आवेदन गरेको छ । गाउँपालिकाले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले प्रकाशित गरेको विभिन्न मितिको विज्ञापनबाट अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका चौथो तह अनमी पदका उम्मेदवारलाई सात दिनभित्र निवेदन दिन साउन १६ गते सुचना निकालेको थियो ।

    दिइएको समयसिमाभित्र एक जनाको मात्र आवेदन गरेको तर उनले पनि व्यक्तीगत कारण देखाउँदै आउन नसक्ने जानकारी गराएको सुचना अधिकारी राईले बताए । स्वास्थ्य सेवा सम्वन्धी कामकाजका लागि गाउँपालिकाले करारमा चार जना चौथो तहको अनमी नियुक्तीको तयारी गरेको छ । 

    सम्बन्धित समाचार