Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मकाउमा छँदा प्याङक्रियाजमा ट्युमर, घर फर्किएर उपचारका लागि सहयोगको याचना

    मकाउमा छँदा प्याङक्रियाजमा ट्युमर, घर फर्किएर उपचारका लागि सहयोगको याचना


    • शुक्रवार, श्रावण २६ २०८०

    • नेपाल वाइड


    मकाउमा छँदा प्याङक्रियाजमा ट्युमर, घर फर्किएर उपचारका लागि सहयोगको याचना
    नर्भिक अस्पताल थापाथली, काठ्माडौंमा उपचार गराइरहेका सुंदेलका सञ्जिबकुमार राई ।

    खोटाङ, २६ साउन । प्याङक्रियाजमा ट्युमर भएका खोटाङको केपिलासगढी गाउँपालिका–७ सुंदेलका सञ्जिबकुमार राईले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

    प्याङक्रियाजमा ट्युमर भएपछि हाल नर्भिक अस्पताल थापाथली, काठ्माडौंमा उपचार गराइरहेका राईले उपचार गर्ने खर्च अभाव भएको भन्दै सहयोगको याचना गरेका हुन् ।

    थप उपचारका लागि धेरै रकम आवश्यक परेकाले राईले स्वदेश तथा विदेशमा रहेका संघसंस्था, सहयोगी तथा इच्छुक व्यक्ति समक्ष सहयोग गर्न आग्रह गरेका छन् ।

    हाल धरान उपमहानगर पालिका–११ मा बसोबास गरिरहेका राईलाई वडा कार्यालय सुंदेलले साउन ४ गते सिफारिस दिँदै उपचारका लागि सहयोग गर्न आव्हान गरेको छ ।

    प्याङक्रियाजमा ट्युमर भएका राईलाई उनकै नाममा प्रभु बैंक धरान शाखामा खोलिएको खाना नम्बर ०१९१२८५५१९०००११ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

    थप जानकारीका लागि मोबाइल नम्बर ९८४२४५६७११ मा सम्पर्क गर्न सकिने वडा कार्यालयको सिफारिसमा उल्लेख छ । राईको उपचारका लागि सहयोग जुट्न थालिसकेको छ ।

    राईको उपचारका लागि कुबेतमा रहेकी मनकुमारी राईले १० हजार सहयोग गरिसकेकी छन् । राई बैदेसिक रोजगारीका सिलसिलामा मकाउमा लामो समय बसेका थिए ।

    मकाउमै छँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि राई केही समय मकाउकै किङ्गो अस्पतालमा बसेर स्वदेश फर्किएका थिए । नेपाल फर्किएपछि नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा चेकअप गर्नेक्रममा उनको प्याङक्रियजमा ट्युमर भएको प्रमाणित भएको हो । त्यसपछि उनलाई नर्भिक भर्ना गरिएको हो ।

    सम्बन्धित समाचार