Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पम्पिङ आयोजनाको छैन विद्युत महसुल तिर्ने बजेट, नगरपालिकाले तिरिदिने

    पम्पिङ आयोजनाको छैन विद्युत महसुल तिर्ने बजेट, नगरपालिकाले तिरिदिने


    • शुक्रवार, श्रावण २६ २०८०

    • नेपाल वाइड


    पम्पिङ आयोजनाको छैन विद्युत महसुल तिर्ने बजेट, नगरपालिकाले तिरिदिने
    खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काभ्रेडाँडामा बनाइएको ट्यांकी । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, २६ साउन । विद्युत महसुल अभावमा खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दुधकोसीको पानी डाँडामा निकालेर हलेसी तुवाचुङ नगरपालिकाका सात वडामा वितरण गर्ने लक्ष्यका साथ सुरु गरिएको पम्पिङ आयोजना डिजाईनका क्रममा भएको त्रुटीका कारण अहिले आयोजनालाई विद्युत महसुल अभाव भएको हो ।

    २०७४ सालदेखि सुरु गरिएको पम्पिङ आयोजनाको निर्माण सँगसँगै गरिने परिक्षणका क्रममा विद्युत महसुलका लागि बजेट नै व्यवस्था नगरिएको खुलेको हो ।

    पम्पिङ खानेपानी आयोजनाको काम गर्ने क्रममा विद्युत महसुल तिर्ने बजेट व्यवस्था नगरी टेण्डर आव्हान गरेको पाइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।

    विद्युत महसुलकै अभावमा पम्पिङ खानेपानी आयोजनाको काममा अशर परेपछि हलेसी तुवाचुङ नगरपालिकाले आवश्यक बिद्युत महसुल तिरिदिने भएको छ ।

    नगरपालिकाले एक वर्षसम्म मासिक एक लाखको हाराहारीमा महसुल तिरिदिने भएको हो । गत साउन २१ गतेको नगर कार्यपालिका बैठकबाट अर्को व्यवस्था नभएसम्मका लागि विद्युत महसुलका लागि बजेट व्यवस्था गरिदिने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।

    दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ करिब एक अर्वको लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो ।

    परिक्षणका क्रममा दुधकोसीको पानी भुम्जुडाँडामा निकाल्नेक्रममा विद्युत महसुल तिर्ने बजेट नै नभएको थाहा भएको हो । “आयोजनाको टेण्डरमा विद्युतको पैसा हालेको रहेनछ, अहिले व्यवस्था गर्न टाइम लाग्ने भो,” महर्जनले भने, “हामीकहाँ पैसा व्यवस्थापन नहुँदासम्म नगरपालिकाले तिर्दैगर्छ, पैसा व्यवस्था भए फिर्ता दिन्छौँ ।

    इन्केस पैसा व्यवस्था भएन भने नगरकै पैसा खर्च हुने कुरा भएको छ ।” दुधकोसीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा पानी निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ ।

    भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाईनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले लिएको छ । 

    सम्बन्धित समाचार