Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडकः

    घर तथा जग्गाको मुआव्जा पाउनुपर्ने स्थानीयको माग

    घर तथा जग्गाको मुआव्जा पाउनुपर्ने स्थानीयको माग


    • मंगलवार, श्रावण ३० २०८०

    • नेपाल वाइड


    घर तथा जग्गाको मुआव्जा पाउनुपर्ने स्थानीयको माग
    घर जग्गाको मुआव्जाको मागमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ज्ञापन–पत्र बुझाउँदै तुलसीकुमार राई ।

    खोटाङ, ३० साउन । खोटाङको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक आसपासका स्थानीयले घर तथा जग्गाको मुआव्जा पाउनुपर्ने माग गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारबाट सालचौतारा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा हुँदै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको कुर्लेघाट जोड्नेगरी कालोपत्रेको तयारी गरिएको सडक आसपासका २५ स्थानीयले मुआव्जा पाउनुपर्ने दाबी गरेका हुन् ।

    सडक स्तरोन्नतीको क्रममा साविकको च्यास्मीटार–५, ८ र ९ का दर्जनौं परिवार विस्थापित हुने अवस्था आएपछि संगठित क्षतिपुर्ती माग समन्वय समितिले अर्थ मन्त्रालय, सडक बिभाग, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाउँदै मुआव्जा माग गरेका छन् ।

    सडक स्तरोन्नतीका क्रममा घर जग्गा पूर्णरुपमा क्षति हुने, अन्यत्र जग्गा नभएको र अन्यत्र सरेर घर बनाउने सक्ने अवस्था नभएका कारण नेपाल सरकारको प्रचलित नियम कानुन बमोजिम मुआव्जा व्यवस्थापन गरिदिन माग गरिएको क्षतिपुर्ती माग समन्वय समितिका संयोजक तुलसीकुमार राई तिलुङले बताए । मुआव्जा दिलाउनका लागि वडा कार्यालय, नगरपालिका र सडक डिभिजन कार्यालय, हर्कपुर समक्ष निवेदन दिइए पनि सुनुवाई नभएपछि काठ्माडौं पुग्नु परेको समितिले जनाएको छ । 

    सडकले समितिका संयोजक राई सहित बौवा बिक, बर्णकुमार राई, पविता राई, कमलकुमार राई, सर्मिला राई, सन्तकुमारी राई, अमृता राई, सुरेश राई, सुजन राई, मनोज राई, सुर्जकुमारी राई, भूपेन्द्र राई, सुखराम राई, बिष्णुजङ राई, सुसन राई, छत्रबहादुर बिक, गोपाल राई, सावित्रा बिक, भलाराज राई, लिलाशेर राई, कमलकुमारी राई, खेसर राई र हरिनारायण यादवको घर भत्काउने तयारी गरिएको छ । सडकले ओगट्ने एउटा महिला सामुदायीक भवन भत्काइ सकिएको छ ।

    सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ माघ २० गते सडकको ठेक्का सम्झौता गरेको हो । सो सडक २०७९ चैतमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेकी थिईन् । 

    सम्बन्धित समाचार