Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भगवती दिनानाथ माबिको व्यवस्थापन समिति पुनर्गठन, अध्यक्षमा पुःन बस्नेत

    भगवती दिनानाथ माबिको व्यवस्थापन समिति पुनर्गठन, अध्यक्षमा पुःन बस्नेत


    • बुधवार, श्रावण ३१ २०८०

    • नेपाल वाइड


    भगवती दिनानाथ माबिको व्यवस्थापन समिति पुनर्गठन, अध्यक्षमा पुःन बस्नेत
    सर्बसम्मत रुपमा चुनिएका व्यवस्थापन समितिका अध्यक्ष अम्बर बस्नेत, सदस्यहरुमा लोकराज ढकाल, मन्जु गेलाल, मिना गेलाल, उषा राई र तुलसी आचार्यलगायत ।

    खोटाङ, ३१ साउन । खोटाङको खोटाङबजारस्थित भगवती दिनानाथ माबिको व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । कतिपय विद्यालयको व्यवस्थापन समितिमा पार्टीको टिम बनाएर चुनाव लड्ने गरिएकामा भगवती दिनानाथ माबिमा सर्वसम्मत समिति पुनर्गठन गरिएको हो ।

    व्यवस्थापन समितिको अध्यक्ष अम्बर बस्नेत, सदस्यहरुमा लोकराज ढकाल, मन्जु गेलाल, मिना गेलाल, उषा राई र तुलसी आचार्य चयन भएका छन् । प्रअ कुमार पराजुली सदस्य सचिव रहेको समितिमा वडाध्यक्ष शिवप्रसाद फुयाँल व्यवस्थापन समितिको पदेन सदस्य रहनेछन् ।

    बस्नेत दोश्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्ष चुनिएका हुन् । दुई दशकको अवधिमा व्यवस्थापन समिति अध्यक्ष बनेकामध्ये उनको कार्यकाल तुलनात्मक रुपमा अब्बल देखिएको अभिभावक बताउँछन् ।

    ‘बिव्यसको जिम्मेवारी पाउनु मात्र ठूलो कुरा होइन, समितिले गर्ने काम, भूमीका र परिणाम महत्वपूर्ण कुरा हो भन्ने हामीले बुझेका छौँ,’ नवनिर्वाचित विव्यास अध्यक्ष बस्नेतले भने, ‘तपाईंहरुको आशा भरोसालाई मर्न दिने छैनौँ । हाम्रा नानीबाबुहरुको भविष्यको जिम्मेवारी लिएको भगवती माबिको बिरासतलाई झुक्न दिने छैनौँ ।’

    सम्बन्धित समाचार