शुक्रवार, भाद्र ८ २०८०
नेपाल वाइड
खोटाङ, ८ भदौ । भारी वर्षाका कारण जल तथा मौसम विज्ञान विभागले दुधकोसी र सुनकोसीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार बिहान ३.३० बजे दुधकोसी नदी रभुवाबजार बाढी मापन केन्द्र, ओखलढुंगामा जल सतह सतर्कता तह पार गरेको र बढ्दो रहेको जानकारी दिँदै विभागले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।
विभागले दुधकोसी र सुनकोसी दोभानसम्मको तटीय क्षेत्रमा शुक्रबार बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्लामा भदौ ५ गते रातीदेखि निरन्तर वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण स–साना खोलामा समेत पानीको सतह बढेको छ ।