Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु


    • आइतवार, भाद्र १० २०८०

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु
    किसानलाई किसान क्रेडिट कार्ड वितरण गर्दै मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, वडाध्यक्षहरु, वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यलगायत ।

    खोटाङ, १० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरिएको छ । व्यवसायिक कृषि तथा पशुपन्छी सम्वन्धी सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्दै साना स्तरका किसानलाई व्यवसायीक कृषि व्यवसायमा व्यवस्थित गर्ने उद्देश्यले किसान क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।

    ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।

    लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आइएमई बैंकले त्रि–पक्षीय साझेदारीमा पाँच वर्षभित्र तिर्नेगरी दुई लाखका दरले कर्जा उपलव्ध गराएसँगै क्रेडिट कार्ड वितरण गरिएको मेयर तीर्थराज भट्टराईले बताए ।

    पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका २१ किसानलाई किसान भदौ ८ गते क्रेडिट कार्ड वितरण गरिएको छ । क्रमशः अन्य किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिने नगरपालिकाले जनाएको छ ।

    oonn.jpg

    तर सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन पाउने छैनन् । क्रेडिट कार्डबाटै दुई लाख खर्च गर्ने/गराउने व्यवस्था मिलाइएको छ ।

    किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पशलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बीउ र उपकरण खरिद गर्न सक्ने मेयर भट्टराईले बताए ।

    कृषि व्यवसाय गर्ने किसानका लागि आवश्यक वित्तिय, प्रावधिक एवं बजार व्यवस्थापनका लागि नगरपालिकामा न्युनतम व्याजमा कर्जा कार्यान्वयनमा ल्याइएको हो ।

    नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तरगत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पुर्‍याउनेगरी किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    कर्जा लिने किसानको व्याजमध्ये संघीय सरकारले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत व्याज तिरिदिने मेयर भट्टराईले बताए । ‘पैसाको कारण कृषि पेशा गर्न सकिनँ भन्ने किसानका लागि यो कार्यक्रम ल्याइएको हो ।

    प्रत्येक वर्षको नविकरणमा २० प्रतिशत कर्जा रकम चुक्ता गर्दै लगिनेछ । पाचौं वर्षको अन्त्यमा सम्पुर्ण कर्जा रकम चुक्ता हुनेछ,’ मेयर भट्टराईले भने, ‘कृषकले उक्त रकम नगदका रुपमा झिक्न पाउने छैन । क्यूआर कोड स्क्यानिङमार्फत तोकिएको एग्रोभेटलाई भुक्तानी गर्ने/गराउने व्यवस्था छ ।’

    ऋण लिएर व्यवसायीक रुपमा पशुपन्छी पालन तथा कृषि पेशा गर्ने किसानलाई आर एण्ड डि इनोभेटिभ सोलुसनले कर्जा तथा अन्य साधनस्रोतको सदुपयोग तथा दक्षता अभिवृद्धिसंग सम्बन्धित तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

    सम्बन्धित समाचार