Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वर्षाका कारण पहिरो खस्दा एक घर सहित पशुचौपाय पुरिए

    वर्षाका कारण पहिरो खस्दा एक घर सहित पशुचौपाय पुरिए


    • आइतवार, भाद्र १० २०८०

    • नेपाल वाइड


    वर्षाका कारण पहिरो खस्दा एक घर सहित पशुचौपाय पुरिए
    पहिरोले पुर्‍याएको क्षेतिको निरिक्षण गर्दै प्रहरी ।

    खोटाङ, १० भदौ । वर्षाका कारण पहिरो खस्दा खोटाङमा एक घर सहित पशुचौपाय पुरेको छ । घरमाथिबाट पहिरो खस्दा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पुरिएको हो ।

    शनिबार राती ३.३० बजेको समयमा गएको पहिरोले तामाङको घरमा पूर्णरुपमा क्षती पुग्दा तीन लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

    घरमा पूर्णरुपमा क्षती पुगेपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । कान्ले पहिरोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घरमा क्षती पुगेको छ ।

    तलबाट गएको पहिरोले अगाडिपट्टिको बरण्डा भत्किएको वडाध्यक्ष अरुण राईले बताए । वर्षाका कारण गोठ भत्किँदा दुई वटा भैंसी, दुई वटा पाडा, एउटा गोरी र सात वटा खसी बाख्रा मरेका छन् । गोठ ढल्दा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका तिर्थबहादुर बिकको एक वटा गोरु मरेका छन् । 

    phhh.jpg

    ढलेको गोठले पुरिएर एउट गोरु र बाछो घाईते भएको वडाध्यक्ष डम्बरबादुर खड्काले बताए । बिकको दुई लाख बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।

    यस्तै, गोठ भत्किँदा खोटेहाङ गाउँपालिका–८ सिमपानीका राजेन्द्र प्रधानको एउटा भैंसी, एउटा पाडा र दुई वटा बोका मरेका छन् । प्रधानको तीन लाख आठ हजारको क्षती भएको अनुमान गरिएको डिएसपी मुकारुङले बताए ।

    आइतबार बिहानको पहिरोले साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राईको एउटा लैनो भैंसी र एउटा पाडा पुरिएको मरेको छ । राईको अन्दाजी तीन लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । वर्षाकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका देबेन्द्र राईको मतान भत्किँदा पाँच वटा खसीबाख्रा मरेको छ ।

    deat.jpg

    सम्बन्धित समाचार