Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मृतक विमित परिवारलाई दियो सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले मृत्यु दावी भुक्तानी

    मृतक विमित परिवारलाई दियो सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले मृत्यु दावी भुक्तानी


    • सोमवार, भाद्र ११ २०८०

    • नेपाल वाइड


    मृतक विमित परिवारलाई दियो सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले मृत्यु दावी भुक्तानी
    सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले मृत्यु दावी भुक्तानी स्वरुप दुई लाख २६ हजार चार सयको चेक हस्तान्तरण गर्दै ।

    खोटाङ, १२ भदौ । सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय खोटाङले मृतक विमित परिवारलाई मृत्यु दावी भुक्तानी उपलव्ध गराएको छ ।

    १५ वर्षे सरल जीवन बीमा गरेको चार वर्षपछि मृत्यु भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी मृतक उत्तरकुमारी राईको आफन्तलाई सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले मृत्यु दावी भुक्तानी स्वरुप दुई लाख २६ हजार चार सय उपलव्ध गराएको हो ।

    दिक्तेलको भवनगैरास्थित आफ्नै कार्यालयमा सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका उपशाखा प्रमुख सन्तोष राईले आइतबार मृतक बिमितका हकवाला आशा राईलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका छन् ।

    २०७६ माघ २९ गते जीवन बिमा गरेकी राईको गत जेठ २४ गते मृत्यु भएको थियो । राईले राईले १५ वर्षमा दुई लाख जम्मा गर्नेगरी बार्षिक १३ हजार ८१० रुपैयाँका दरले तीन किस्तामा ४१ हजार ४३० रुपैयाँ जम्मा गरिसकेको सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले जनाएको छ ।

    कार्यक्रममा उपशाखा प्रमुख राईले सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सका मृतक बीमितलाई छिटो र छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको बताए ।

    कतिपय बिमा कम्पनीबाट बेलामा मृत्यु दावी भुक्तानी नपाउने गरेको गुनासो सुनिएकामा सानिमा रिलायन्स कम्पनीबाट सहज तरिकाले मृत्यु दावी भुक्तानी पाएको हकवाला आशा राईले बताईन् । चेक हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिलिप खत्रि, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हरिवोल आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार