शुक्रवार, भाद्र २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ भदौ । खोटाङमा समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीले पाएको छ । हरेक छ/छ महिनामा नेतृत्व फेर्नेगरी नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राई समाजवादी मोर्चाको जिल्ला संयोजक बनेका छन् ।
समाजवादी मोर्चामा आवद्ध दलहरुको दिक्तेलमा बसेको पहिलो बैठकले आगामी भदौ २५ गते बिराटनगरमा हुने मोर्चाको कार्यक्रमलाई सफल बनाउन लागिपर्ने, जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती विरुद्ध आवाज उठाउने लगायतका प्रारम्भिक छलफल भएको नेपाल कम्युनिष्ट पार्टी खोटाङका इन्चार्ज सञ्जिव मगरले जानकारी दिए । अर्को बैठकमा बृहत र घनिभुत छलफल गर्ने निर्णय गरिएको समाजवादी मोर्चाले जनाएको छ ।