Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    निजामती सेवा दिवस

    धनकुटामा अन्तर कर्मचारी खुला व्याडमिन्टन प्रतियोगीता

    धनकुटामा अन्तर कर्मचारी खुला व्याडमिन्टन प्रतियोगीता


    • शुक्रवार, भाद्र २२ २०८०

    • नेपाल वाइड


    धनकुटामा अन्तर कर्मचारी खुला व्याडमिन्टन प्रतियोगीता
    निजामती सेवा दिवसको अबशरमा निकालिइको प्रभातफेरी ।

    खोटाङ, भदौ २२ । निजामती सेवा दिवस २०८० को उपलक्ष्यमा कर्मचारी मिलन केन्द्र, धनकुटाले अन्तर कर्मचारी खुला व्याडमिन्टन प्रतियोगीता गरेको छ ।

    निजामती सेवा दिवसको अवशरमा भदौ २० र २१ गते आयोजित अन्तर कर्मचारी खुला व्याडमिन्टन प्रतियोगीतामा घरेलु तथा साना उद्योग कार्यालयका ईश्वर थापा र मालपोत कार्यालयका भुवन सुवेदीको टिमले प्रथम स्थान प्राप्त गरेको छ ।

    भदौ २१ गते बिहान ८ बजे भएको फाइनल खेलमा साँघुरीगढी गाउँपालिकाका कर्मचारी द्रोण राई र कोष तथा लेखा नियन्त्रक कार्यालयका राजु कार्कीको टिमलाई पराजित गर्दै थापा र सुबेदीको टिमले प्रथम स्थान हासिल गरेको हो ।

    popo.jpg

    व्याडमिन्टन प्रतियोगीतामा संघ, प्रदेश र स्थानीय तहका ८० कर्मचारीले प्रतिष्पर्धा गरेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष एबं कोष तथा लेखा नियन्त्रक कार्यालय धनकुटाका प्रमुख ध्रुब कार्कीले बताए । विजेता खेलाडीलाई शुक्रबार धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ ।

    दिवसको अन्तिम दिन मदनचोकदेखि धनकुटा नगरपालिकाको सभाहलसम्म प्रभातफेरी निकालिएको थियो । निजामती सेवा दिवसको अवसरमा भदौ २१ गते विश्रान्ती मन्दिर मुलघाटमा रहेका वृद्धवृद्धाको लागि खाद्यान्न विवरण गर्दै स्वास्थ्य जीवनयापनको शुभकामना आदान–प्रदान गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ ।

    pppp.jpg

    सम्बन्धित समाचार