बिहिवार, भाद्र २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ भदौ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय कमिटि सदस्य बबी चाम्लिङले खोटाङ इन्चार्जको जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बिहिबार बसेको बैठकले जिल्ला र संघीय निर्वाचन क्षेत्रका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेरका क्रममा चाम्लिङले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन् । नेकपा (एकीकृत समाजवादी) खोटाङको सहइन्चार्जको जिम्मेवारी केन्द्रीय कमिटि सदस्य बीरबलकाजी राई र भीम राईले पाएका छन् । नेकपा (एकीकृत समाजवादी)ले प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष पनि तोकेको छ ।