Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    च्यास्मीटारका शिक्षक/शिक्षिकालाई आधारभूत कम्प्युटर सीप प्रशिक्षण

    च्यास्मीटारका शिक्षक/शिक्षिकालाई आधारभूत कम्प्युटर सीप प्रशिक्षण


    • सोमवार, आश्विन १ २०८०

    • नेपाल वाइड


    च्यास्मीटारका शिक्षक/शिक्षिकालाई आधारभूत कम्प्युटर सीप प्रशिक्षण
    च्यास्मीटारका शिक्षक शिक्षिका आधारभूत कम्प्युटर सीप प्रशिक्षणमा सहभागी हुदै ।

    खोटाङ, १ अशोज । बौद्धिक समुह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका शिक्षक/शिक्षिकाका लागि दुई महिने आधारभूत कम्प्युटर सीप प्रशिक्षण सञ्चालन गरेको छ ।

    च्यास्मीटारभित्रका विद्यालयका शिक्षक/शिक्षिकाको क्षमता अभिबृद्धि गर्दै प्रविधिमैत्री शिक्षाको व्यवस्थाका लागि बौद्धिक समुहले साउन १ गतेदेखि भदौ २९ गतेसम्म आधारभुत कम्प्युटर सीप प्रशिक्षण सञ्चालन गरेको हो ।

    समसामयिक रुपमा प्रविधिमैत्री शिक्षाद्वारा विद्यार्थीलाई असल तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माणका लागि शिक्षक/शिक्षिकाकालाई आधारभूत कम्प्युटर सीप प्रशिक्षण आयोजना गरिएको बौद्धिक समुह नेपालका अध्यक्ष डा. भविन्द्रकुमार राईले बताए ।

    च्यास्मीटार माबिको समन्वयमा आयोजना गरिएको आधारभूत कम्प्युटर सीप प्रशिक्षणमा बलिदान आधारभुत विद्यालय बाहेक नौ वटा विद्यालयका २४ जना शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियो ।

    तालिममा सहभागीलाई एमएस वर्ड, एमएस एक्सल, एकएस पावरपइन्ट र इमेल इन्टरनेट सम्वन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षक सुदिप राईले कम्प्युटर सीप प्रशिक्षणको सहजीकरण गरेका थिए ।

    तालिम समापन कार्यक्रममा बोल्दै च्यास्मीटार माबिका व्यवस्थापन समितिका अध्यक्ष तुलसीकुमार राई, पिपलटार आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार राई, बालबिकास प्राविका विव्यास अध्यक्ष नैनबहादुर राई, बोझे ओढार आधारभुत विद्यालयका प्रअ गोपाल बिक, नमूना प्राविका प्रअ लम्बरबहादुर राई र त्रिकन्य प्राविका प्रअ अनिता राईले तालिम फलदायी भएको उल्लेख गरेका छन् ।

    तालिममा सहभागीलाई अतिथिका रुपमा बोलाइएका विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुले प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।

    तालिम समापन कार्यक्रममा च्यास्मीटारको शैक्षिक उन्नयनमा योगदान दिएकामा बौद्धिक समुहले च्यास्मीटार माबिका प्रअ तेजकुमार राई, प्रशिक्षक सुदीप राई र पत्रकारिताको माध्यमबाट चेतना अभिबृद्धिमा योगदान दिएको भन्दै पत्रकार दमन राईलाई सम्मान गरेको छ ।

    यस्तै, च्यास्मीटार माबि परिवारलाई संस्थागत सम्मान गरिएको छ । बौद्धिक समुह नेपालले च्यास्मीटारका १० विद्यालयका शिक्षक/शिक्षिकालाई सहभागी गराएर साउन १ गतेदेखि ९ महिने अनलाईन अंग्रेजी भाषा प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

    भाषा प्रशिक्षणमा अंग्रेजीको ध्वनी उच्चारण अभ्यासलाई जोड दिइएको बौद्धिक समुह नेपालका अध्यक्ष डा. राईले बताए । आवश्यक परे अंग्रेजी भाषा प्रशिक्षणको अवधि थप गरिने बौद्धिक समुहले जनाएको छ । यसपछि व्याकरण तथा बोलचाललाई एकैसाथ वा समानान्तर रुपमा अगाडि बढाउने योजना अघि सारिएको छ ।

    “खासगरी सुनाई, बोलाई, पढाई र लेखाई भाषाको चार आधारभूत सिपहरुलाई समानान्तर रुपमा सन्तुलित विकास गर्ने उद्देश्यले हाल अभ्यास भईरहेको छ,” डा. राईले भने, “सम्पूर्ण शैक्षिक गतिविधिहरुले राष्ट्रको शैक्षिक पद्धतिलाई समसामयिक तथा व्यवहारमूलक वा जीवनपयोगी बनाउनु हो । अर्को अर्थमा भन्नुपर्दा शैक्षिक परिवर्तन वा कान्तिको सपनालाई साकार पार्नुका साथै विश्व शिक्षा नितीलाई सहज रुपमा अबलम्बन गरी विश्व नागरिकको रुपमा आफुलाई स्वीकार्दै स्वस्थ प्रतिस्पर्धामा उत्रन सक्नु हो ।”

    काठ्माण्डौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समुहले हलेसी तुवाचुङ नगरपालिकालाई सेवा क्षेत्र बनाएर विभिन्न शैक्षिक गुणस्तर अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

    आधारभूत कम्प्युटर सीप प्रशिक्षणमा सहभागीहरु शिक्षक शिक्षिकाहरुलाई प्रमाण–पत्र हस्तान्तरण गर्दै गरेका केही तस्बिरहरु ।

    4.jpg

    1.jpg

    335.jpg

    2.jpg

    367.jpg

     

    dfadf.jpg

    7.jpg

    fghgh.jpg

    667.jpg

    3.jpg

    787.jpg

    सम्बन्धित समाचार