सोमवार, आश्विन १ २०८०
नेपाल वाइड
खोटाङ, १ असोज । प्रेस सेन्टर नेपालमा आवद्ध प्रदेश भरीका मिडिया सञ्चालक संगठित भएका छन् । भदौ ३० र ३१ गते इलामको सन्दकपुरमा भएको प्रेस सेन्टरको प्रदेशस्तरीय मिडिया सम्मेलनबाट किरातकोसी डटकमका सम्पादक भीम राई (खोटाङ)को अध्यक्षतामा ११ सदस्यीय ‘श्रमजिवि मिडिया सञ्जाल’ गठन गरिएको छ ।
सञ्जालको सचिवमा राम योङहाङ, सदस्यमा मोहन भट्टराई, अर्जुन आचार्य, सत्यनारायण शर्मा, विक्रम राई, प्रमोद यादव, गणेश तिम्सिना, लिलाराज झापाली, झुलन रेग्मी र एलिना दियाली चुनिएका छन् ।
स्वरोजगारमूलक हिसाबले श्रमजीवि पत्रकारहरुले सञ्चालन गरिरहेका मिडियाको हकहित, संरक्षण तथा प्रवर्द्धनमा सहयोग गर्ने उदेश्यले ‘श्रमजिवि मिडिया सञ्जाल’ स्थापना गरिएको अध्यक्ष राईले बताए । बरिष्ठ पत्रकार गंगा बराल, महेश्वर चाम्लिङ र दिपिन राई ‘श्रमजिवि मिडिया सञ्जाल’को सल्लाहकार चुनिएका छन् ।